Trending
राजनीति उपनिर्वाचन अपडेट : शान्तिपूर्ण मतदान जारी, आजै मतगणना राजनीति इलाम २ उपनिर्वाचन : तारबारसहित तयार भयो मत गणनास्थल राजनीति पालिकामा सुविधासम्पन्न खेल मैदान हुनुपर्छ : शेरबहादुर देउवा खेल रोहित पौडेलको सानदार शतकसहित नेपाल विजयी राजनीति कूटनीतिज्ञ आचार्यको दृष्टिमा कुन प्रधानमन्त्री कस्ता ? राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन

दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउने टोल सुधार समितिका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान

दाेलखा – एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउने स्याखु टोल सुधार समितिका अध्यक्ष रत्न नारायण श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

दोलखा जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसमा दोलखाको उत्तरी विगु गाउँपालिका वडा नम्बर-५, चिलंखामा रहेकाे स्याखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक बहिष्कार गर्ने निर्णय गर्ने समितिका अध्यक्ष श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । 

त्यसैगरी घटनाका प्रतिवादीहरु छत्र बहादुर मगर, तीर्थनारायण श्रेष्ठ, हरिध्वज मगर र श्याम भन्ने बुद्धराज मगरलाई दोलखा जिल्ला अदालतले जनही ३ लाख रुपैयाँ धरौटी माग गरेकोमा रकम बुझाउन नसकेपछि उनीहरु पनि कारागार चलान भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी त्यसै घटनाका अर्का प्रतिवादी तुलबहादुर मगरलाई साधारण तारेखमा छोडिएको छ भने घटनामा संलग्न बाँकीको खोजी कार्य भइरहेको छ । 
स्याँखु टोल सुधार समितिले ६१ वर्षीय रत्न बहादुर श्रेष्ठ र ५७ वर्षीय कृष्णमाया श्रेष्ठलाई बोक्साबोक्सीको आरोप लगाएको थियो । पीडित दम्पतीलाई आरोप मात्रै नलगाइ स्याखु टोल सुधार समितिको भेलाले गाउँबाट निकाल्ने, कथित ‘इन्द्रजाल’ किताब उपलब्ध गराउनुपर्ने र ‘झाँक्री’ले बकेकाले दोषी नै हो भनेर अपमान गरेको थियो । 

गएको मंसिर १ गते स्याखु टोल सुधार समितिका अध्यक्ष ४२ वर्षीय रत्न नारायण श्रेष्ठको अध्यक्षतामा गाउँका एक सय १३ जना सहभागी भेलाले बिहान ८ देखि बेलुकी ५ बजेसम्म बोक्साबोक्सीको आरोपसहित यातना दिएका थिए । उनीहरुले दबाब दिएर बोक्साबोक्सी भएको स्विकार्न ल्याप्चे लगाउन बाध्य पारेका थिए ।

घटना मंसिर १ गतेको भए पनि पीडितका जेठा छोरा ३५ वर्षीय भाजुराम श्रेष्ठ काठमाण्डौबाट आएर मंसीर ६ गते जाहेरी दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP