Trending
राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो

मध्यरातमा दैलेखकाे ठाँटीकाँध गाउँपालिका अध्यक्ष र श्रीमती अपहरणमा

दैलेख – ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी श्रीमती इला शाही अपहरणमा पर्नुभएको छ । 

उहाँहरुलाई विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति वडा नम्बर २ को सेरीपाटामा रहेको घरबाट अपहरण गरेकाे प्रहरीले आशंका गरेकाे छ । पक्राउ पर्नुभएकी शाही पत्नी इला त्यही ठाउँको कृष्ण मावि लकान्द्रकी प्रधानाध्यापक हुनुहुन्छ । 

राति साढे १२ बजेतिर १५ जनाभन्दा बढीको समूहमा हतियारसहित आएका समूहले गाउँपालिका अध्यक्ष र उहाँकी पत्नीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । 

त्यसअघि विप्लव नेतृत्वकाे नेकपाले गाउँपालिका अध्यक्षका भाइ शिक्षक हस्तबहादुर शाहीलाई पनि एक घण्टा टाढा रहेको भाँटीचौर पुर्‍याएर छोडेका थिए ।  

अध्यक्ष दम्पतीको अपहरण भएको भन्नेबारे जानकारी आएको र उद्धारको लागि सुरक्षा रणनीति बनाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

प्राप्त सूचनाअनुसार अपहरणपछि अध्यक्ष दम्पतीलाई विप्लव समूहले बिसला हुँदै कालिकोटको शुभकालिका गाउँपालिकाको भर्ता पुर्‍याएको छ । विप्लव समूहले कालिकोटलाई ‘आधार इलाका’ भन्ने गरेको छ ।

गाउँपालिकाको बजेट दुरुपयोगमा अध्यक्ष दम्पतीकै संलग्नता रहेकोले सचेत गराउन मात्र अपहरण गरेको नेकपा समूहको दाबी छ । 

विप्लव समूहले गएको वर्ष नै दैलेखका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन पत्र लेखेको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP