Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

प्रदेश ५ को ११ जिल्लामा सिसिटिभि


बुटवल
प्रदेश–५ का ११ जिल्लाको सुरक्षा निगरानी सीसीटीभी मार्फत सुरु गरिएको छ ।
आधुनिक सुरक्षा प्रणाली जडान गरी प्रदेशको शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले प्रदेश–५ सरकारले रोल्पा बाहेकका ११ जिल्लामा १ सय ५ ओटा सिसिटीभी क्यामेरा जडान निगरानी सुरु गरेको हो ।

२ करोड ५९ लाख ९३ हजार रुपैयाँ बजेटमा १ सय ५ वटा सिसिटीभी क्यामेरा जडान गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले बताए ।

लुइँटेलका अनुसार रुपन्देहीमा १८, प्यूठानमा ९, अर्घाखाँचीमा ७, गुल्मीमा ८, पाल्पामा १६ , नवलपरासी पश्चिममा १८, कपिलवस्तुमा १४, बाँकेमा १५ र प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा ८ वटा सीसीटीभी जडान भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा राखिएको कन्ट्रोल रुम स्थापना र ८ वटा सीसीटीभी खरिद तथा जडान गर्न २१ लाख ६३ हजार खर्च भएको लुइटेलले बताए । बुटवलको गोलपार्क, बिद्युत चोक, हस्पिटल लाइन, भुड्की चोक, मिलनचोक, राजमार्ग चौराहा, नेपालगन्ज रोड र तिनाउ पुल पारीसम्मको करिब ३ किलोमिटर क्षेत्रका मुख्य राजमार्गको दृश्य कन्ट्रोल रुपमा कैद हुनेछ । चालु आर्थिक बर्षमा प्रदेशका १२ जिल्लाका ४५ संवेदनशील स्थानहरुमा सीसीटीभी जडानका लागि प्रस्ताव गरिएको लुइँटेलले बताए ।

सिसिटीभी कन्ट्रोलरुमको मुख्यमन्त्री शंकर पोखरेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सिसिटीभी जडानपछि दुर्घटना र अपराध न्यूनिकरणमा सहयोग मिल्ने बताए ।

प्रहरीको एक्लो प्रयासले मात्रै दुर्घटना र अपराध न्यूनिकरण गर्न नसकिने हुँदा सिसिटीभी जडानका लागि प्रदेश सरकारले पर्याप्त वजेट छुट्टाएको बताए ।

बढी दुर्घटना हुने, ट्राफिक जाम हुने र आपराधिक गतिविधि हुन सक्ने शंकास्पद स्थानहरुमा पनि सिसिटीभी जडान गर्नुपर्ने आवश्यकता औंल्याउंदै उनले सरकारले सहयोग गर्ने बताए ।

सिसिटीभी जडानपछि समाजमा हुने अपराधिक घटनाहरुमा कमी आउनुका साथै घटनाहरुको वैज्ञानिक अनुसन्धान गर्न, अपराधी मनोवृत्तिका मानिसहरुमा मनोवैज्ञानिक असर पार्न, फरार अभियुक्त तथा सवारी साधनको पहिचान गर्न र कम जनशक्तीबाट धेरै स्थानहरुको अनुगमन गर्न सजिलो हुने प्रदेश प्रहरी प्रमुख सुरेशविक्रम शाहले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP