Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

दुई दिने नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक आजबाट सुरु

काठमाडौँ, ४ भदौ  

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि राजधानीमा चल्ने बैठकमा प्रबुद्ध व्यक्ति समूह इपिजी ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झना नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने भएको छ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्वका साथ बैठकको सहअध्यक्षता गर्ने परराष्ट्र मन्त्रालयले यसअघि नै जनाएको थियाे ।बैठकमा दुईपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै सम्पर्क सञ्जाल विस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत पारस्परिक सहयोगका विविध क्षेत्र र आपसी चासोका अन्य विषयमा विचार विमर्श हुने बताइएको छ ।सन् १९८७ मा नेपाल–भारत संयुक्त आयोग स्थापना भएको हो । आयोगको बैठक नेपाल र भारतमा पालैपालो हुने गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP