Trending
राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा समाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनपछि आजदेखि उडान समाज सामुदायिक विद्यालयलाई स्रोत केन्द्रमा बाँडेर प्रगति खोज्दै जलजला

माधव नेपाल पक्ष सरकारमा गए उपसभामुखसहित ६ मन्त्री पाउने

काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षले तत्काल सरकारमा नजाने भनिरहेको छ । तर, यो भनाई उसको रणनीतिक मात्र भएको बुझिएको छ । नेपाल पक्षले संविधान र विद्यमान कानुन अनुसार सरकारमा जान बाधा रहेको निष्कर्ष निकालेको छ । तर, नेपाल पक्षले सरकारमा जाने सम्भावनाको ढोका पूर्णत बन्द गरिसकेको छैन ।

एमाले एक हुने या नहुने छिनोफानो आगामी हप्ता लागिसक्ने भएकाले त्यसले नै नेपाल पक्ष सरकारमा जाने नजाने निश्चित गर्ने बुझिएको छ । एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी भएमा उपसभामुखसहित ६ मन्त्री पाउने बुझिएको छ ।

संविधान अनुसार एउटै दलको सभामुख र उपसभामुख हुन मिल्दैन । माओवादी केन्द्रबाट सभामुख भएकाले उपसभामुख एमालेको माधव नेपाल पक्षले पाउने गरी प्रस्ताव पुगिसकेको छ ।

देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदमध्ये अधिकांश सरकारमा जान आतुर छन् । उनीहरु नेता नेपालमाथि दबाब दिइरहेका छन् । तर, त्यसका लागि माधव नेपाल पक्ष ओलीसँग वार कि पार गरेर मात्र टुंगो लगाउने पक्षमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP