Trending
समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा राजनीति नेता खतिवडाको प्रश्नः देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो ? अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन

श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोक गर्न कार्यदल

काठमाडौँ, २२ साउन: न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

दुई दिनसम्म काठमाडौँमा बसेको समितिको बैठकले देशमा बढेको महङ्गी र अन्य क्षेत्रका कामदारको पारिश्रमिकमा वृद्धि हुँदा पनि श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक विसं २०७५ देखि पुनरावलोकन नभएको स्थितिमा कार्यदल गठन गरिएको समितिका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।

कार्यदलमा समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासंघका पुर्वमहासचिव इन्द्रबहादुर (उजिर) मगर, नेपाल पत्रकार महासंघका एक प्रतिनिधि र सञ्चार उद्यमी एशोसिएसनका तर्फबाट एक प्रतिनिधि सदस्य रहने छन् ।

एक महिनाको अवधी तोकेर गठन गरिएको कार्यदलले श्रमजीवि पत्रकार ऐन २०५१ को पूर्ण कार्यान्वयन हुन नसक्नाका कारणको विष्लेषणसहितको प्रतिवेदन समितिलाई पेश गर्नेछ । बैठकले श्रमजीवी पत्रकारलाई तत्काल राहत प्याकेज उपलब्ध गराउन सरकारसमक्ष माग गर्दै चालू आर्थिक वर्षमा कोरोना सङ्क्रमित श्रमजीवी पत्रकारलाई उपचार खर्च उपलब्ध गराउने, कोरोना सङ्क्रमणका कारण विस्थापित र रोजागरी गुमाएका श्रमजीवी पत्रकारलाई राहतस्वरुप लेखनवृत्ति उपलब्ध गराउने तथा कल्याणकारी कोष कार्यान्वयन तत्काल गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP