Trending
राजनीति नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री समाज नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव समाज भक्तपुरको कार्पेट कारखानामा आगलागी करिब दुई करोडको क्षति, दुई घाइते समाज ललितपुर आगलागी हुँदा ५ जना घाइते, तीनको अवस्था गम्भीर समाज खुम्बुमा बाटो भत्किँदा सगरमाथा आरोहण अवरुद्ध समाज ‘घरजग्गा व्यवसाय व्यवस्थित नहुनुमा राजनीतिक अस्थिरता पनि कारण हो राजनीति सुदूरका मुख्यमन्त्री सोडारीलाई तत्काल विश्वासक मत नदिन एमाले अध्यक्ष ओलीको निर्देशन स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा

ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक

भदौ ३। गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

२०७७ वैशाख १० गते मध्यरातमा हतारहतारमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण गरी जनता समाजवादी पार्टी गठन गरिएको थियो। गठन भएको एक वर्ष नबित्दै पार्टीभित्र गम्भीर विवाद सिर्जना भयो। केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुगेको भए ठाकुर पक्षले एक महिनाअघि नै नयाँ पार्टी गठन गर्ने थियो। अहिले सरकारले पार्टी विभाजन र गठनका लागि सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि ठाकुर पक्षले नयाँ पार्टी गठन गरेको हो।

जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधानका कारण ठाकुर पक्ष नयाँ पार्टी खोल्न पनि नसक्ने र जसपामा पनि बस्न नसक्ने अवस्थामा पुगेको थियो। त्यति बेला नयाँ पार्टी घोषणा गर्नेबित्तिकै उनीहरूको सांसद पद जाने थियो। त्यसैले ठाकुर पक्षले जसपामै रहेर नयाँ पार्टीको अभ्यास गरिरह्यो। पार्टी अध्यक्ष यादवले ठाकुर पक्षलाई निरन्तर पेल्दै गए। सुरुमा यादवले ठाकुरलाई अध्यक्षबाट हटाए। त्यसपछि ठाकुर र उनीनिकट नेताहरूलाई कार्यकारिणी समितिबाट हटाइयो। निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा ठाकुरलाई साथ दिएका १६ जनालाई केन्द्रीय सदस्य पदबाट समेत हटाइयो।

यस्तै अप्ठेरो परेका बेला सरकारले दल विभाजन र गठनका लागि सहज हुनेगरी ल्याएको अध्यादेशले ठाकुर पक्षका नेताहरूलाई ठूलो राहत मिल्यो। उनीहरूले बुधबार नयाँ दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए। नयाँ दल दर्ताका लागि निवेदन दिएपछि ठाकुर पक्षका नेता केशव झाले भने्, ‘राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विशेष धन्यवाद छ।’ देउवालाई अध्यादेश ल्याउन आग्रह गर्न ठाकुर पक्षका नेताहरू मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। नागरिक दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP