Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

रुपन्देही मा घास काट्दै गरेकी महिलाको हत्या

बुटवल । रुपन्देहीको तिलोत्तमामा घास काट्दै गरेकी महिलाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका –१० कान्छिबजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको शनिवार दिउसो हत्या भएको हो । परियारको स्थानीय २७ वर्षीय विकास गुरुङले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
कान्छी बजारमा जग्गा प्लटिङ गरेको स्थानमा घाँस काटिरहेकी कमलादेवीलाई गुरूङले धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
गुरुङले प्रहार गरेको धारिलो हतियारबाट कमलादेवीको घाँटीमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको भट्टाइले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP