Trending
राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा समाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनपछि आजदेखि उडान समाज सामुदायिक विद्यालयलाई स्रोत केन्द्रमा बाँडेर प्रगति खोज्दै जलजला आर्थिक २ हजारले बढ्यो नेपाली बजारमा सुन राजनीति सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री

एमालेको महाधिवेशन चितवनमा हुने, रामबहादुर थापाको नेतृत्वमा समिति गठन

काठमाडौं : नेकपा एमालेको आगामी १० औं महाधिवेशन चितवनमा हुने भएको छ। आज बसेको एमाले स्थायी कमिटी बैठकले एमालेको महाधिवेशन चितवन गर्ने निर्णय गरेको हो। यस्तै बैठकले नेता रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मुल आयोजक कमिटी गठन गर्ने निर्णय पनि गरेको छ।

बैठकले १३ जनाको नाम टुंगो लगाएको छ भने आठ जनाको नाम भोलि २ बजे बस्ने बैठकले टुंग्याउने सो पार्टीले जनाएको छ। यसअघि एमालेको महाधिवेशन बुटवलमा हुने भनिएको थियो।

यस्तै एमालेको केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीले सपथ लिएका छन्। स्थायी कमिटी बैठकमा आयोगका अध्यक्ष र सदस्यहरूले सपथ लिएका हुन्।

असोज १५ देखि १७ गतेसम्म चलेको विधान महाधिवेशनले विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग गठन गरेको थियो।

आयोग सदस्यहरूमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP