Trending
राजनीति राष्ट्रियतालाई सस्तो नबनाऔँ : रक्षामन्त्री उप्रेती समाज आँखाको क्यान्सर भएकी तीन वर्षिया बालिकालाई ‘बुहारी ग्रुप’ को ५७ हजार सहयोग राजनीति सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्दैन : अर्थमन्त्री पुन समाज चितवनमा बाघ र गैँडा मृत फेला अन्तर्राष्ट्रिय आगामी बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ : अध्यक्ष अग्रवाल समाज तातो हावा ‘लू’ ले जनजीवन कष्टकर समाज चट्याङ लागेर बागलुङमा एकजनाकोे मृत्यु समाज राँगा पालेकालाई २० हजार र भैँसी पालेकालाई ५० हजार अनुदान दिँदै पर्वतको पैयुँ अन्तर्राष्ट्रिय इजरायलले गाजामा आक्रमण बढायो समाज चट्याङले ६ वर्षीय बालकको ज्यान गयो

मेची आँखा अस्पतालमा अढाइ दशकमा ३० लाखको उपचार

झापा : प्रदेश १ कै अग्रणी सामुदायिक अस्पतालका रूपमा रहेको मेची आँखा अस्पतालले २५ वर्षको अवधिमा ओपिडीमार्फत ३० लाख ३७  हजारभन्दा बढीको उपचार गरेको छ।

स्थापनाको २५औँ वर्षगाँठका अवसरमा मंगलबार बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा आयोजना गरिएको कार्यक्रममा उक्त अवधिमा अस्पतालले तीन लाख ४३ हजार व्यक्तिको आँखाको शल्यक्रिया गरेको जनाएको छ। २०० शय्याको अस्पतालमा अहिले १४ चिकित्सकसहित २१५ कर्मचारी कार्यरत छन्।

अस्पतालको सेवा उत्कृष्ट भएकै कारण छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल, आसाम, मणिपुर, विहारलगायत राज्यबाट दैनिक सयौँको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको डा पुरुषोत्तम जोशीले जानकारी दिए।

२०५३ सालमा बिर्तामोडका केही लायन्सकर्मीको पहल र नेतृत्वमा स्थापना भएको मेची आँखा अस्पताल अहिले पूर्वकै सफल र अग्रणी अस्पतालका रूपमा स्थापित हुन पुगेको छ। करिब १२ वर्ष साविक चारपाने–१ मा घर भाडामा लिएर अस्पताल सञ्चालन गरिएको उक्त अस्पताल २०५७ सालमा आफ्नै भवनमा सरेको हो।

झापामा आँखाका रोगीको बढ्दो संख्या र अस्पतालमा उपचार गराउन पूर्वी नेपालसहित ठूलो संख्यामा भारतीय बिरामीसमेत आउन थालेपछि आई केयर फाउण्डेशन नेदरल्याण्डले मेची आँखा अस्पताललाई सहयोग गरेको थियो।

२०५७ सालमा फाउण्डेशनले बिर्तामोड–३ सैनिकमोडमा तीन बिघा १७ कठ्ठा ६ धुर जमिन खरिद गरी सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको हो। भवनसँगै अत्याधुनिक प्रविधिका उपकरणसमेत सहयोग तथा खरिद गरी जडान गरेर मेची आँखा अस्पतालले आँखाका बिरामीको उपचार गर्दै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP