Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

आफ्नै श्रीमती हत्यारा २२ वर्षपछि पक्राउ

रुपन्देही ।

आफ्नै श्रीमतिको घाँटी थिचेर हत्या गर्ने महन्थ ठाकुर २२ वर्षपछि पक्राउ परेका छन । वि.सं. २०५४ साल बैशाख २२ गते रुपन्देही जिल्लाको साविक हर्नैया गाविस ९ हाल सियारी गाउँपालिका वार्ड नं.३ जगहात्था बस्ने २६ वर्षीया शारदा यादवलाई उनकै  श्रीमान महन्थ ठाकुरले घरमै घाँटी थिची हत्या गरेका थिए । हत्याको आरोपमा तत्कालीन पुनरावेदन अदालत बुटवलले वि.सं. २०५६ चैत २९ गते महन्थलाई १० बर्ष कैद ठहर गरेको थियो ।

श्रीमतिको हत्या लगत्तै फरार भएका महन्थलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले २२ वर्षपछि गत फागुन २९ गते रुपन्देहीकै हर्नैयाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनलाई अदालतको फैसला अनुसारको कैद भुक्तानका लागि जिल्ला कारागार रुपन्देही चलान गरिएको छ ।त्यसैगरी रुपन्देहीको सैनामैना नगरपालिकाको एक लजमा एक व्यक्ति शुक्रवार विहान मृत अवस्थामा फेला परेका छन् ।

सैनामैनामा रहेको हाम्रो अर्घाखाँची रेष्टुरेण्ड एण्ड लजमा विहिवार साँझ खान खाएर बसेका सैनामैना नगरपालिका–५ का ४८ वर्षका मेघबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।खत्रीले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP