
कपिलवस्तु १६ चैत्र ।संसार कोरोनाका कारण आक्रान्त छ तर कपिलवस्तुमा भने कोरोनाको नाममा अर्कै रौनकता छाएको छ । कपिलवस्तुको शुद्धोधन गाउपालिका र मायादेवि गाउपालिकामा चुनाव आए जस्तै भएको छ । हात जोडेर नमस्कार गरेको आफ्नो ठुलो फोटो सहितको फ्लेक्स अनी त्यसैमा पार्टीको नाम झण्डा र चुनाव चिन्ह । चुनावी शैलीमा गाडीमा फ्लेक्स टास्दै प्रचार गर्दै हिडछन यहाका पुर्व मन्त्री अनी गाउ पालिकाका अध्यक्ष ।
समाजवादी पार्टीका नेता समेत रहेका उनीहरु कोरोनाको कारण लकडाउन भएको वेलामा प्रचार गर्दै आएका छन । कोरोना भाईरसको संक्रमणको मौका छोपी पुर्वमन्त्री तथा संघिय समाजवादी दल ५ नं. प्रदेश संयोजक दान वहादुर चौधरी , मायादेवी गाउपालिका अध्यक्ष वजरंगी चौधरी , शुद्धोधन गाउपालिका अध्यक्ष निसार अहमद , शुद्धोधन गाउ पालिका ६ अध्यक्ष विजय वहादुर यादवले दुरुपयोग गरेका छन । फ्लेक्स वनाई गाडीमा टास्दै प्रचार गरेका छन । उनीहरुले वनाएको प्रचार सामाग्रीमा सन्देस मुलक बाक्य सानो भए पनी फोटो भने मज्जाले देखिन्छ ।
ति फ्लेक्समा विजय वहादुर यादव र वजरंगी चौधरीले हात जोडेको फोटो राखिएको छ । निसार अहमद खा र दान वहादुर चौधरीले पाटीको झण्डा र चुनाव चिन्ह समेत प्रयोग गरेका छन । उनीले वनाएको फ्लेक्स गाडीमा राखेर प्रचार गर्ने चोक चोकमा टास्ने गरेको पाईएको छ । ति सामाग्री चुनावी प्रचार शैलीमा प्रयोग हुने खालका छन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया