Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

स्वास्थ्यकर्मीलाई कपडाको मास्क , कर्मचारी र जनप्रतिनिधीलाई एन ९५ मास्क

माधव वेल्वासे वुद्धभुमी
कपिलवस्तुको वुद्धभुमी नगरपालिकाका कर्मचारीलाई संस्थाले दिएको एन ९५ मास्क नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीले वाडेका छन । कोरोना संक्रमणको सवै भन्दा वढी जोखिममा रहेका स्वास्थ्यकर्मी लाई दिनको सट्टा आफैले लगेका हुन । किर्डाक संस्थाले ३० थान एन ९५ मास्क नगरपालिकालाई हस्तान्तरण गरेको थियो । ति मास्क नगरपालिकामा काम गर्ने कार्यालय सहयोगी देखी सवारी चालक सम्मले लिएका छन ।
नगरपालिकाका विशेष स्रोतका अनुसार ३० मध्ये २४ थान मास्क गैर स्वास्थ्य कर्मीले लिएका छन । ६ थान मास्क नगरपालिकामा भएका स्वास्थ्य कर्मीले वुझेका थिए । किर्डाकले नगरपालिलकालाई हस्तान्तरण गरे पछी उक्त मास्क वुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले वितरण गर्नु भएको थियो । नगर प्रमुख श्रेष्ठले संस्थाबाट आएका मास्क जनप्रतिनिधी कर्मचारी र केही स्वास्थ्य कर्मीलाई वितरण गरेको वताउनु हुन्छ । प्रयाप्त मात्रामा थिएन त्यही भएर सवैलाई नपुग भएको प्रमुख श्रेष्ठले वताउनु भयो ।


नगरपालिकाका कर्मचारी र केही जनप्रतिनिधीको मुखमा एन ९५ मास्क झुण्डिदा , स्वास्थ्य कर्मीको मुखमा कपडा मास्क लागेको थियो । कोरोनाको संक्रमणबाट जोगिनको लागी एन ९५ मास्क प्रयोग गर्नु पर्ने हुन्छ । विरामी संग प्रत्यक्ष सम्पर्कमा रहनेलाई पहिलो प्राथमिता दिई वाडनु पर्नेमा नगरपालिकाका कर्मचारी आफैले उक्त मास्क लगेका थिए । यता कोरोनाको कारण स्वास्थ्यकर्मीले थप जोखिम मोल्दै आएका छन । उनीहरु मेडिकल मास्क र कपडाको मास्क प्रयोग गर्दै आएका छन । मेडिकल मास्क एक पटक प्रयोग गरे पछी फाल्नु पर्ने हुन्छ तर पटक पटक प्रयोग गर्नु परेको जयनगर स्वास्थ्य चौकीमा प्रमुख खुवीराम खनालले वताउनु भयो ।


नगरपालिकाका स्वास्थ्य संयोजक डोर विक्रम वेल्वासेका अनुसार नगरपालिकाले एन ९५ मास्क २ सय थान मगाएका छौ तर अहिले सम्म पाएका छैनौ । आए पछी स्वास्थ्यकर्मीलाई वितरण गर्ने वताउनु भयो । स्वास्थ्य शाखाले १२ थान पि पि ई खरीद गरी २ थान एम्वुलेन्स चालकलाई, ५ थान वर्थिगं सेन्टरलाई र ५ थान अति आवश्यक परेमा क्वारेन्टाईनको लागी नगरपालिकामा रहेको वताउनु भयो । यसै गरी सवै स्वास्थ्य चौकीमा ५ वोत्तल सेनिटाईजर वितरण गरेको वेल्वासेले वताउनु भयो ।
फोटो मेरो साथी एफ एमको फेसवुक पेजबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP