Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

आपुर्ति राज्यमन्त्री दुगडलाई तत्काल पदमुक्त गर्नुपर्छः रावल

काठमाडौँ । नेकपाका नेता भिम रावलले कालोबजारी प्रकरणमा पक्राउ परेका सुलभ अग्रवाललाई सरकारी झण्डा हल्लाएर संरक्षण गर्न जाने आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई तत्काल पदमुक्त गर्न माग गर्नुभएको छ ।

उहाँले यस्ता अपराधमा सम्लग्नहरुलाई बचाउनका लागि गैरकानूनी ढंगले चलखेल गर्न खोज्ने कसैलाई पनि सरकारमा बसेर झण्डा हल्लाउने अधिकार नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुगडलाई तत्काल पदमुक्त गर्नुपर्ने बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै नेता रावलले पार्टीमा आजिवन त्याग गरेकालाई लत्याएर जो पायो त्यही भ्रष्ट र कालाबजारियाहरुलाई सरकारमा सामेल गराउने गलत प्रबृतिले यस्तो भएको बताउनुभयो । रावलले पार्टीमा कुनै योदान नभएकालाई सरकारमा सहभागि गराउने र उनिहरुले गरेका काला कर्तुतको बचाउमा लाग्ने संरक्षक माथि पनि कारवाही हुनुपर्ने बताउनुभयो ।

सरकारले कहि भ्रष्टाचारीहरुलाई कारवाही गरेपनि धेरै कारवाहीमा नभरेको भन्दै रावलले यस्तो समयमा यस्ता भ्रष्टाचारका कुरा आइरहदा पनि कारवाही छाडेर संरक्षणमा लाग्नु राज्यको लाचारी पन भएको दावी गर्नुभयो । उहाँले जनतालाई कोसौ हिडाएर पठाउन नमिल्ने र उचित ढंगले पठाउन नसक्ने हो भने उनिहरुलाई जो जहाँ छन् त्यही खान,बस्न र स्वास्थयको उपचार राज्ले गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता, रावलले भन्नुभयो,‘सरकारमा जो पायो त्यसैलाई लाने काम गलत भयो । योगदान भएका मान्छेले नपाउने भयो । यस्तो विषयलाई संरक्षण गरेका कुरा आएका छन् । यसको जरो कहा हो त्यो खोजेर कारवाही गर्नुपर्छ । सुलभ अग्रवाललाई कारवाही गर्नुपर्छ । आपुर्ति राज्यमन्त्री मोती दुगडलाई ठाउाको ठाउँ कारवाही गर्नुपर्छ । निजलाई तत्काल पदमुक्त गर्नुपर्छ नत्र यो राज्य र सरकारको उपहासको हो । अमुक अमुकले अमुलाई संरक्षण गर्न मिलेन’ ।

उहाँले सुदूरपश्चिम प्रदेशमा भएको साधन स्रोतको परिचालन गरिएको बताउदै त्यहाँ थप उपकरण र चिकित्सिक पठाउनुपर्ने र धनगढीमा मात्र पठाएर नपुग्ने बताउनुभयो । आपुर्ति व्यवस्था मिलाउनुपर्ने,सीमापारी बसेकालाई तुरुन्त ल्याउनुपने र सरकारले कुनैपनि निर्णय हावाका भरमा गर्न नहुने रावलको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP