
दिपक के.सी.
कपिलवस्तु, चैत्र, २८
वर्तमान विपद्को अवस्थामा उपभोक्ताको हितलाई ध्यान दिंदै स्थानीय सरकार शिवराज नगरपालिका बजार अनुगमन समितिद्वारा बजार अनुगमन गरिएको छ ।

नगरपालिकाभित्रका केही खाद्य तथा किराना र औषधी पसलहरुले वास्तविक मूल्यभन्दा वढी मूल्यमा सामान बेचेको जनगुनासो बढेपछि समितिले बजार अनुगमन गरेको हो ।
शिवराज नगरपालिकामा नगर उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा गठित बजार अनुगमन समितिमा इलाका प्रशासन कार्यालय, चन्द्रौटा उद्योग वाणिज्य संघ, व्यापार संघ, वडा प्रहरी कार्यालयसहितको प्रतिनिधित्व छ ।

अनुगमन समितिले नगरको वडा नं. ३ खरेन्द्रपुरका ४ वटा खाद्यान्न तथा किराना पसल र ३ वटा औषधी पसल अनगमन गरेको हो । खरेन्द्रपुरको राजकुमार ट्रेडर्स, विजय किराना पसल, हाम्रो सेवा किराना पसल र बर्मा किराना पसलमा अनुगमन इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख शंकर विष्टले जानकारी दिनुभयो । अनुगमनका क्रममा पसलहरुमा भेटिएका मिति नाघेका खाद्य तथा पेयपदार्थहरु जफत गरिएको प्रशासन प्रमुख विष्ट बताउनु भयो ।

अनुगमनका क्रममा राजकुमार ट्रेडर्सबाट म्याद नाघेका ६०० एमएलको डिउ ५ कार्टुन, कलर्स अरेन्ज १ कार्टुन, लव कोला १ कार्टुन, फ्रुट ककटेल जुस २ गोटा, माजा जुस ७२ गोटा, स्लाइस जुस ९ गोटा, मिरिण्डा १ गोटा, कुरमुरे ५ प्याकेट, फेन्सी ५ गोटा, मिठा सुपारी २६ प्याकेट जफत गरिएको विष्टले बताउनुभयो । यस्तै विजय किराना पसलबाट पिरो आलु चिप्स १९ प्याकेट, लिकर्स क्य्राकर २८ प्याकेट, करमकुरा २७ प्याकेट, पोट्याटो क्य्राकर २८ प्याकेट, कुरमुरे ११ प्याकेट, छक्कापन्जा ३ गोटा, कोन्ट पोट्याटो क्य्राकर ९ गोटा, हट स्टिक ६ गोटा जफत गरिएको उहाँले जनाउनुभयो । यता सेवा किराना पसलबाट भूजा १४ प्याकेट, पिटपट विस्कुट १७ प्याकेट, कोकून विस्कुट ११ प्याकेट सुन्दर मेनिला विस्कुट २६ प्याकेट जफत गरिएको प्रमुख विष्टले बताउनुभयो ।

यसैबीच टोलीले दिप्सना मेडिकल, विपिसा मेडिकल र लुम्विनी हेल्थ क्लिनिकको पनि अनुगमन गरेको छ । जसमा दिप्सना मेडिकलबाट मिति नाघेको ग्लिसिरिन आइ.पी. १०० एमएल ९ गोटा, ग्लिसिरिन आई ३० एमएलको ८ गोटा फेला पारेको छ । भने लुम्बिनी हेल्थ क्लिनिकको क्लिनिक संचालन सम्वन्धी र औषधी विक्री सम्वन्धी अनुमति पत्र नरहेको र व्यवसाय दर्ता नगरेको पाइएको प्रशासन प्रमुख विष्टले बताउनु भयो ।
अनुगमनका क्रममा मूल्य वढी लिएको, सामान लुकाइ कृत्रिम अभाव सृजना गरेको नपाइए पनि अधिकांश पसलमा म्याद गुज्रिएका अखाद्य वस्तुहरु र पेयपदार्थहरु भेटिएकाले सबै वरामद गरी नष्ट गर्न नगर कार्यपालिकाको कार्यालयलाई जिम्मा लगाइएको उहाँले बताउनु भयो ।
अनुगमनका क्रममा शिवराज नगरप्रमुख नेत्रराज अधिकारीले अहिलेको विषम परिस्थितिमा ती पसलले ग्राहकहरुसँग दूरी कायम नगरेको, मूल्यसूची नटाँसेको र नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाइएको बताउनु भयो । लुम्विनी हेल्थ क्लिनिकका संचालक सुरेश कुमार जयसवालले व्यवसाय संचालन सम्वन्धी कुनै पनि कागजात अनुगमनका क्रममा देखाउन नसकेकोले लकडाउन खुल्ने वित्तिकै कागजात सहित नगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।
अनुगमन गरिएका सबै जसो व्यवसायीहरुले स्थानीय तहमा व्यवसाय दर्ता नगरेको, मूल्य सूची टांस नगरेको र म्याद गुज्रिसकेका खाद्य सामग्री उपभोक्तालाई नबेच्ने गरी छुट्टयाएर अलग्गै राख्ने व्यवस्था नगरेको पाइएको शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनु भयो । अब उपरान्त व्यवसायीहरुलाई म्याद नाघेका सामग्री छुट्टै राख्न र उपभोक्तालाई नबेच्न, स्थानीय तहमा अनिवार्य व्यवसाय दर्ता गर्न व्यवसायीहरुलाई निर्देशन दिएको पौडेलले जनाउनु भयो ।
अनुगमनमा नगर प्रमुख नेत्रराज अधिकारी, उप प्रमुख शिवकुमारी चौधरी, इलाका प्रशासन कार्यालय चन्द्रौटा प्रमुख शंकर विष्ट, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई, वडा ३ का वडाध्यक्ष टेकलाल सापकोटा, चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डे, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख दिपेश खरेल र पत्रकार लगायतको सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया