Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नागरिकलाई सुरक्षित गन्तव्य सम्मा पुर्‍याइदिन सरकार सँग हिन्दू परिषद नेपालको आग्रह


रंजित चौरसिया

बीरगंज ६ बैशाख


हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले राजधानी वा मुलुकको अन्य भाग बाट घर जान निस्केका नागरिकलाई सुरक्षित गन्तव्य पुर्‍याइ दिन सरकार सँग आग्रह गरेका छन् ।


काठमाडौं सहित देशको बिभिन भागमा श्रम गरिरहेका नागरिक खाने र बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका छन् । सरकारको भरथेग सबै भन्दा बढी तिनै निमुखा जनता माथि हुनुपर्ने हो,’ पटेलले शनिवार सामाजिक संजाल मार्फत सरकार एवं सरोकरवालाको धयान आकर्षण गराउदै निमुखा जनताको दर्शक होइन सहयात्री बन्न आग्रह गरेका छन।

पटेलले पैदल हिँडिरहेका मजदुरहरूलाई आ(आफ्नो स्थानमा खाना र बस्ने व्यवस्था मिलाउन तिनै तहका सरकार संग अनुरोध एवं आग्रह गरेका छन। सामाजिक दूरी कायम गरेर आ(आफ्नो क्षेत्रमा खाना र राति भए बासको व्यवस्था समेत मिलाउन उनले आग्रह गरेका हुन् ।भोक र पसिना सँगै सयौं किलोमिटर यात्रा गरिरहेका मजदुरहरू प्रति लक्षित गर्दै ‘पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन रु’ भन्ने प्रश्न उठी रहेको छ रु

भावनामा बगेर बोल्ने बेला यो होइन तर कोठाभित्र छटपटिएर र सडकमा तडपिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन,’ पटेलले भने पर्याप्त राहत पुर्‍याउन र अप्ठ्यारोमा रहेकाहरूलाई सुरक्षित ढंगले गाउँ पुर्‍याउने प्रबन्ध मिलाउन सरकार सँग हिन्दू परिषद नेपाल आग्रह गर्दछ ।’

परिषदका केन्द्रिय देखी जिल्ला,नगर,बड़ाका साथीहरुलाई यस महामारीको बेला आफ्नो तर्फ पीड़ित ब्यक्तिहरु लाई सहयोग गरौ र सहयोगी ब्यक्तित्व बाट सहयोग गराइ रचनात्मक भूमिका निर्वाह गर्न पटेलले आग्रह गरेका छन।साथै पीड़ित ब्यक्तिहरुलाई सहयोग गर्ने कार्यमा लाग्नु भएका सम्पूर्ण परिषदका साथीहरु एवं सहयोग गर्ने सम्पूर्ण योद्धाहरुलाई उच्च मनोबलका साथ कार्य अगामी दिनमा पनि होस भगवान पशुपतिनाथले शक्ति प्रदान गरुण एवं उहाँहरुको कल्याण होस भनी पटेलले कामना गरेका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP