

कृष्ण कुमार यादव
कपिलवस्तु , ७ बैशाख
कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिक वार्ड न.७ अजिगरा मा राहत बितरण कार्य सुरु भएको छ ।
गरिब , विपन्न , मजदुर वर्ग का व्यक्तिहरुको तथ्यङ संकलन गरि त्यस भित्र परेको घर परिवारलाई राहत वितरण कार्य गरिएको वडाध्यक्ष राज किशोर यादवले जानकारी गराएका छन ।
राहत मा ३० केजी चामल, ३ केजी दाल,२ केजी नुन,२ केजी चिनी , २ केजी खाने तेल ,३०० ग्राम साबुन बितरण गर्ने गरिएको छ ।
२६३ विपन्न परिवारलाई वडाले राहत वितरण गर्ने योजना रहे पनि आज १४५ विपन्न परिवारलाई राहत बितरण गरिएको वडाध्यक्ष यादवले जनाएका छन ।
राहत वितरण कार्यक्रम मा वडा अध्यक्ष राज किशोर यादव , वडा सदस्य सत्य भामा चौधरी , दिप कुमार यादव , जसमती धोबी ,वडा सचिव राम मुरत चौधरी र सबै पार्टीका प्रतिनिधिहरुको उपस्थितिमा राहत वितरण गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया