Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सिमामा विशेष निगरानीकासाथ विजयनगरले खटायो नगर प्रहरी

राम प्रघट कोरी

विजयनगर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० जना नगर प्रहरी नियुक्ति गरी बिहिवार खटाएको छ । भारतसँग सिमा जोडिएको विजयनगरको टोल टोलमा गएर जनचेतना फैलाउन, सामाजिक दुरी कायम गर्न नगर प्रहरीले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

क्वारेन्टाइन सुरक्षामा १२ जना, खुला सिमामा पैदल निगरानी २१ जना, ठेक्का दिइएको नदीखोलाहरुमा ८ जना र गाउँटोलमा ९ जना गरी ५० जना नगर प्रहरीलाई आगमन रोकथाममा समेत प्रयोग गरिएको छ । गाउँपालिकामा प्रहरी र शसस्त्र प्रहरी पनि सक्रियाताकासाथ परिचालन भएका छन् ।

अब नगर प्रहरी परिचालन भएपछि गाउँको बस्ती–बस्तीमा पुग्न सहज हुने गाँउपालिकाले अपेक्षा गरेको छ । गाउँपालिका भारतको खुल्ला सिमासँग जोडिएकाले आवतजावत पनि निरुत्साहित बताइएको छ ।

नगर प्रहरीमा भर्ना गरिएका व्यक्ति स्थानीय भएको हँुदा समुदायको तल्लो तहसम्म पुगेर काम गर्ने तयारीकोसाथ परिचालन गरिएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । उहाँले नगर प्रहरी तत्काल एक महिनाको लागि काम गर्ने बताउनु भयो ।

लकडाउन लम्बियो भने कामको मुल्याकन हेरी थप गर्न सकिने छ । कोरोना संक्रमणको जोखिम कम भएपछि अन्य काममा पनि विस्तार गर्न सकिने अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP