Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कोरोनाको उद्गमस्थल मानिएको वुहानमा १ करोड १० लाखको कोरोना परीक्षण गरिने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा सबै बासिन्दाको परीक्षण गरिने भएको छ । वुहान सहरले १ करोड १० लाख बासिन्दाको परीक्षण गर्ने योजनाको तयार पारेको हो ।

वुहानमा पछिल्लो समय कोभिड–१९ का संक्रमित देखिन थालेपछि परीक्षण विस्तार गर्न लागिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड १९ देखिएपछि वुहान ११ सातासम्म कडा लकडाउनको अवस्थामा थियो ।

अधिकारीहरूले भाइरस पूर्णरूपमा नियन्त्रणमा आएको भन्दै अप्रिल ८ मा लकडाउन खुला गरेका थिए । त्यसयता वुहानमा शिक्षण संस्था, व्यापार व्यवसाय तथा सार्वजनिक यातायात खुलेपछि जनजीवन सामान्य हुँदै आएको थियो ।

तर एउटै आवासीय क्षेत्रमा पुनः सामूहिक संक्रमण भेटिएपछि अवस्था सामान्य नहुने चिन्ता व्यक्त भएको छ । प्रारम्भिक चरणमा रहेको योजनाअन्तर्गत नै रहेको बुझिएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार वुहानभरि १० दिनभित्र परीक्षण गरिसक्ने बताइएको छ ।

‘द पेपर’ नामक पत्रिकाले आन्तरिक दस्तावेजलाई उल्लेख गर्दै वुहानका प्रत्येक जिल्लालाई मंगलबारसम्म १० दिने परीक्षण योजना तयार पार्न भनिएको थियो । ती जिल्लाका अधिकारीलाई जनसंख्या र संक्रकमणको आशंकाका आधारमा कार्ययोजना तयार पार्न निर्देशन दिइएको हो । दस्तावेजमा बढी जनसंख्या भएको क्षेत्र तथा बढी उमेरका बासिन्दालाई परीक्षणका लागि पहिलो प्राथमिकता दिन भनिएको छ ।

तर ग्लोबल टाइम्स समाचारपत्रले वरिष्ठ स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै त्यसरी सहरभरिका सम्पूर्ण बासिन्दाको परीक्षण गर्नु खर्चिलो हुनुका साथै असम्भवजस्तो देखिएको उल्लेख गरेको छ ।

वुहान विश्वविद्यालयको झोंगनान अस्पतालको सघन उपचार एकाइका निर्देशक पेङ झियोङले त्यस्तो परीक्षण सहरभरिका बासिन्दाको साटो स्वास्थ्य कर्मचारी, जोखिममा रहेका मानिस र संक्रमितसँग प्रत्यक्ष सम्पर्कका आएकालाई लक्षित गर्नुपर्ने बताए ।

वुहान विश्वविद्यालयका अर्का निर्देशकले सहरको जनसंख्यामध्ये ३० देखि ५० लाखको परीक्षण भइसकेको छ र वुहान बाँकी ६० देखि ८० लाखलाई १० दिनमा परीक्षण गर्न सक्षम रहेको जनाए । अमेरिकाले हाल दैनिक ३ लाख मानिसका परीक्षण गरिरहेको छ । ह्वाइटहाउसका अनुसार अमेरिकामा ९० लाखभन्दा बढी मानिसको परीक्षण गरिसकिएको छ ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोका प्रयोगकर्ताहरूले केही दिनभित्र सम्पूर्ण बासिन्दाको परीक्षण कसरी सम्भव हुन्छ भन्दै विभिन्न प्रश्नहरू उठाएका छन् । ‘त्यति धेरै मानिसको परीक्षण गर्न असम्भव छ,’ एकजना टिप्पणीकारले भनेका छन् । उनले यसका लागि लाग्ने खर्चबारे पनि प्रश्न उठाएका छन् । अर्का टिप्पणीकर्ताले वुहानको लकडाउन हटाउनुअघि नै त्यस्तो परीक्षण हुनुपर्ने बताएका छन् ।

चीनमा सोमबार एक जना मात्र नयाँ संक्रमित थपिएका थिए । कोभिड १९ का कारण चीनमा हालसम्म ४ हजार ६ सय ३७ जनाको ज्यान गएको छ ८४ हजार ११ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP