
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा रहेका परिवारका चारजना सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
मृतक महिलाका १३ दिने शिशुसहित परिवारका चारैजनाको रिपोर्ट नेगेटिभ आएको बाह्रबिसे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख होमनाथ लामिछानेले जानकारी दिनुभयो। शिशुसहित चारैजनालाई हाल धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।
सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको गत बिहीबार मृत्यु भएको थियो । उनी नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया