Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

स्थिर अवस्थामा रहेका विरामीलाई मन्त्रीले गरे मृत्यु भएकाे घोषणा

बुटवल

रुपन्देहीस्थित मणिग्राममा रहेको क्रिमसन अस्पतालमा रहेका कोरोना पोजेटिभ विरामीको उपचार जारी रहेको अस्पतालले जनाएको छ । सञ्चारमाध्यममा मृत्युको खवर आए पनि त्यो सत्य नभएको अस्पतालले जनाएको हो ।

गुल्मी मदानेका ती संक्रमित अहिले भेन्टिलेटरमा उपचाररत रहेका छन् । उनको फोक्सोमा समस्या रहेकाले कृतिम श्वासप्रश्वास दिइएको छ । ‘विहान केही जटिलता देखिएको थियो, अहिले सामान्य सुधार छ,  भएकाे अस्पतालले जनाएकाे छ ।
विरामी जेठ १ गते अस्पतालमा उपचारका लागि आएका थिए । कोरोना पोजेटिभ नजिता आउदा उनी आइसियुमै रहेका थिए । पोजेटिभ नतिजा आउदा जस्तो अवस्था थियो त्यस्तै रहेको अस्पताले जनाएको छ ।

मन्त्रीकै गलत सूचना प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नै उपचाररत विरामीलाई मृत्यु भएको गलत सूचना दिएका छन् । त्यही सूचनाका आधारमा सेतोपाटी अनलाईनले कोरोना पोजेटिभका तेस्रो विरामीको मृत्यु भन्ने समाचार बनाएको छ ।

अस्पतालमा कार्यरत चिकित्सक समाचार देखे पछि आश्चर्यमा परेका छन् ।
मन्त्री बरालले हचुवाका भरमा गलत सूचना दिएको अस्पतालको दाबि छ । सामाजिक विकास मन्त्रालय मातहतका कुनै पनि निकायले बिरामीको मृत्यु भएको पुष्टी गरेका छैनन् ।

स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले मृत्यु नभएको बताए । ‘हामीलाई सूचना आएको छैन, बुझ्ने प्रयासमा छौं, उनले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP