Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

विजयनगरमा २५ बेडसहितको आइसोलेशन सेन्टर सञ्चालन, तीनै जना संक्रमितलाई राखियो ।

राम प्रघट कोरी
विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा २५ बेडसहितको आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नं. ७ मा रहेको आर्युवेदिक अस्पताल परसोहियामा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

प्रदेश सरकारले निर्णय गरे अनुसार बुधवार व्यवस्थापन गरी आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको छ ।
बुधवार गाउँपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

आइसोलेशन सेन्टरमा सुरक्षाकर्मी, नगर प्रहरी परिचालन गरी उच्च सर्तकता अपनाइएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनु भयो ।
संक्रमित भएका व्यक्तिहरुलाई हेरचाह र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहित स्वास्थ्यकर्मी खटाई प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताउनु भयो ।

अहिलेसम्म गाउँपालिकामा ४ जना कोरोना पुष्टि भएको छ । जसमध्ये भीम अस्पताल भैरहवामा एक जनाको उपचार भइरहेको छ भने बुधवार ३ जनमा कोरोना पुष्टि भएका व्यक्तिहरुलाई गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP