
केशव ढुंगाना । आज पछिल्लो पटक थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक बाँकेका २७ जना, बैतडीका ४ जना, सुर्खेतका ३ जना तथा झपा र बर्दियाका एक–एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यस अगाडि आज विहान मात्रै सर्लाहीका १३, कपिलवस्तुका ८ जना, रुपन्देहीका ८ जना तथा काठमाडौ, वारा, र चितवनको एक–एक जना गरी जम्मा ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
नेपालमा हालसम्म ४० जिल्लाका ५ सय ५ जना पुरूष र ७९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणका कारण हाल सम्म नेपालमा ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचार पछि निको भई घर फर्किएका छन् ।
हाल सम्म नेपालमा कूल ४५ हजार ९ सय ९७ जनाको पिसीआर तथा ८६ हजार २ सय ३५ जनाको आर डि टि विधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआर र ४ हजार १ सय १९ जनाको आरडिटी विधीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी देशका विभिन्न स्थानमा ३२ हजार ५ सय ८७ जना क्वारेन्टीनमा रहेका छन् भने ५ सय ८ जना विभिन्न अस्पतालमा रहेको अईसोलेसन वार्डमा रहेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया