Trending
अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा समाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनपछि आजदेखि उडान

बागलुङ : ‘अहिलेसम्म मैले आठ पटकसम्म चुनावमा भोट हालेको थाहा पाउँछु, कति चुनावमा मैले भोट दिएका नेताले जिते। तर हामी जनताले कहिल्यै जितेनौँ’, निसीखोला गाउँपालिका–६ की वीरमाला विकको गुनासो। ७९ वर्षीया विकले अहिलेसम्म धेरै नेतालाई जिताए पनि गाउँमा विकास हुन नसकेको गुनासो गरिन्।

विकले गाउँमा अहिले पनि राम्रो स्वास्थ्य, शिक्षा, सडक र विद्युतको पहुँच नपुगेको भन्दै कुनै पनि नेताले ध्यान नदिएको बताइन्। पटक–पटक धेरै नेताले जित्दा पनि गाउँको मुहार फेरिन नसकेको उनले बताइन्। ‘हाम्रो गाउँ ठाउँ पहिलेदेखि नै दुर्गम हो, अहिले पनि धेरै परिवर्तन आएको छैन। चुनावमा नेतालाई जिताएर मात्रै के गर्नु?’, उनले भनिन्, ‘चुनावका वेला गर्ने वाचाअनुसार काम गरेको भए हामी किन अहिले पनि पछि पर्थ्यौँ होला!’ 

चुनावका वेला नेताहरूले अनेक आश्वासन दिएर मत माग्ने तर जितेपछि गाउँका दुःख, समस्या र आवश्यकता बुझ्न नसकेको विकले बताइन्। गाउँमा विकास नहुँदा धेरै जसो स्थानीयले बसाइँसराइ गरिरहेको उनको भनाइ छ। ‘गाउँमा खानेपानीको राम्रो सुविधा छैन, स्कुल पनि राम्रा छैनन्, पढाइ गतिलो हुँदैन, सडकमा ट्याक्टर पनि राम्रोसँग गुड्न सक्दैन’, उनले भनिन्, ‘त्यसैले गाउँका मान्छेसुविधा खोज्दै बजार तिर झरे, गाउँमा त हामी गरिब दुःखी मात्रै रह्यौँ।

अर्का स्थानीय मनिराम घर्ती मगरलाई पञ्चायत कालदेखि नै मतदान गरेको अनुभव छ। धेरै व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिन नसकेको उनी बताउँछन् । गाउँमा अहिले पनि कोही बिरामी भए उपचारका लागि टाढा जानु पर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘मैले पञ्चायत कालमा पनि भोट हालेको थिएँ। उतिवेला अहिलेको जस्तो व्यवस्था थिएन, अहिले त देशमा संघीयता आयो, स्थानीय सरकार छ। तर गाउँमा न अस्पताल छ न त, गुणस्तरीय शिक्षा दिने द्यिालय।’ गरिब, दुःखीको अवस्था झन्–झन् कमजोर बन्दै गएको उनले बताए।

आफू भोट दिएर सांसद बनेकाहरुले जितेर गएपछि गाउँ फर्किएर नआउने गरेको उनको गुनासो छ । गाउँमा रोजगारको अवसर नहुँदा दिनप्रतिदिन युवा विदेश पलायन हुँदा गाउँ रित्तिएको उनले बताए। बजार झरेर लाखौँ खर्च गरेर पढेका युवा पनि काम खोज्दै बाहिरीनु परेको घर्ती मगर बताउँछन् ।

‘गाउँमा राम्रो शिक्षा छैन, राम्रो शिक्षा लिन बजारमै जानु पर्छ, बजारमा बसेर पढ्दा लाखौँ खर्च हुन्छ, लाखौँ खर्च गरेर पढे पनि देशमा रोजगार छैन’ उनले भने ‘त्यसैले युवा दिनदिनै काम खोज्दै साउदी, कतार  भौँतारिनु परेको छ, खै यता नेताको ध्यान पुगेको?, चुनावका वेला भोटका लागि जनता चाहिने, अरु बेला हामी नचाहिने भयो।’

स्थानीय पुतली नेपालीले पहिलेको तुलनामा गाउँमा केही परिवर्तन आए पनि जनताको आवश्यकता अनुसार विकास हुन नसकेको बताइन् । उनँले जनताको आवश्यकता सडक, बिजुली, स्वास्थ्य उपचारको सहज पहुँच रहेको भन्दै अहिलेसम्म आफ्नो गाउँमा यसको पहुँच पुग्न नसकेको बताइन् ।

‘चुनाव आउँदा नेताहरू धेरै आश्वासन बाँड्छन्, चुनाव जितेपछि एक पटक पनि फर्किएर गाउँको अवस्था बुझ्न आउँदैनन्। गाउँमा के समस्या छ, कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ उनीहरूको ध्यान छैन’, उनले भनिन्, ‘धेरै नेता जिताएर पठायौँ, तर उनीहरूले गाउँ र जनताका लागि केही गर्न सकेनन्। नेताले जितेका जित्यै छन्। हाम्रा समस्या ज्यूँकात्यूँ छन्।’

उनले वर्षौँदेखि गाउँमा खानेपानीको हाहाकार हुँदा पनि जनप्रतिनिधिले वास्ता नगरेको बताइन्। यो पटक पनि भोट माग्न आउने नेताले गाउँलेको समस्या समाधान गर्ने बाचा गरेको नेपाली बताउँछिन् ।।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP