Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काठमाडाैं : भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको हैसियतमा कामकाज गर्न अवरोध हटेको छ।

केसीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले गत साउन ३० गते केसीलाई बोर्डको अध्यक्षको हैसियतमा कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

त्यसपछि सुनुवाई रोकिएको रिटमा आज न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो।

आदेशसँगै केसीले अध्यक्षको हैसियतमा काम गर्न तत्कालको लागि बाटो खुलेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। साथै अदालतले यो मुद्दालाई सुनुवाईका लागि पूर्ण इजलासमा पठाउने आदेश पनि दिएको छ।

विकास बोर्डको अध्यक्षका लागि स्नातक उत्तीर्ण हुनुपर्ने व्यवस्था भए पनि केसी स्नातक उत्तीर्ण नभएको भन्दै नरेशकुमार पौड्यालसहित ५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP