
विराटनगर । झापाको कचनकवलबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगि रातभर अपलत्र परेका २७ कोरोना संक्रमित अस्पतालको आइसोलेसनमा वार्डमा भर्ना भएका छन् । शनिबार बिहान उनीहरु भर्ना भएका हुन् ।
शुक्रबार राति प्रतिष्ठान पठाइएका २७ जना कोरोना संक्रमित अस्पतालले भर्ना नलिँदा रातभर गाडीमा बस्न बाध्य भएका थिए। रातभर संक्रमितलाई बाहिरै राखेपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे शनिबार बिहानै धरान पुग्नुभएको थियो।
मन्त्री पुगेको केही समयपछि बिरामीलाई भर्ना गरिएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले २७ जनालाई नै भर्ना गरिएको जानकारी दिनुभयो। नयाँ भर्ना भएसँगै धरानको आइसोलेशनमा रहेका संक्रमितको संख्या ९७ पुगेको र सबैको अवस्था सामान्य रहेको बताउनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया