
काठमाडौं । डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको क्वारेन्टाइनमा बसेकै अवस्थामा मृत्यु भएको छ । शनिबार राती १२ बजेतिर जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले क्वारेन्टाइनमा राखिएको ६ वर्षीय बालकको मृत्यु भएको पुष्टि गर्नुभयो। आमाबाबुसँगै ती बालक केही दिनअघि भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा आएको न्यौपाले बताउनुभयो।
शनिबार राति अचानक बालक बिरामी भएपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो। क्वारेन्टाइनमा मृत्यु भएका बालकको स्वाब संकलन गरी आजै पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने तयारी भइरहेको डीएसपी न्यौपानेले बताउनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया