Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

ब्याजदर एकल अंकमा नझारे अर्थतन्त्र अझै खस्कन्छ : अध्यक्ष मल्ल


काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र अझै धराशायी हुनसक्ने बताएका छन्।

नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बिहीबार अध्यक्ष मल्लले बैंकको ब्याजदर सरकारले तत्काल एकल अंकमा नझारे अर्थतन्त्र अझै धराशायी हुनसक्ने बताएका हुन्। उनले बैंकको ब्याजदर नघटाए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने बताए।

उनले बजारमा तरलता अभावका कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्न डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको बताए। बैंकहरुले लिने कर्जाको प्रिमियम दरमासमेत व्यवसायीमाथि पक्षपात गरिरहेको आरोप उनले लगाए।

उनले भने, ‘हाम्रो आर्थिक ऐन र नीतिगत सुधार नहुँदा आज उधारो कारोबारले गर्दा धेरै उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ। बजारमा जाँदा पैसा आउँदैन‚ यस कारणले बैंकलाई पनि संकट, उद्योगी व्यवसायीलाई पनि संकट, यस किसिमको संकट निस्तेज पार्न डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्छ। आउने आर्थिक ऐनमा, आउने बजेटमा हामीले ल्याउनैपर्छ‚‘ उनले भने‚ ‘नगदमा कारोबार हुनासाथ कुनै पनि व्यवसायीलाई २ प्रतिशत नाफा महिनामा भयो भने पनि वर्षमा २४ प्रतिशत हुन्छ। बैंकमा गएर तरलताको लागि टाउको दुखाउनु पनि पर्दैन। चालू कर्जा पुँजी दिएन भनेर पनि कराउनु परेन। ब्याजदरमा जुन किसिमको वृद्धि भएको छ, ब्याजदर छिटोभन्दा छिटो एकल अंकमा झार्न सकेन भने उद्योग व्यवसाय फस्टाउनेवाला छैन।’

अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिन सरकारले फास्ट ट्रयाकमा ब्याजदर घटाउनुपर्ने बताए। उनले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोबारले धेरै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको बताए।

‘मुलुक अफ्ठ्यारो अवस्थामा पुग्नसक्छ। सरकारको तर्फबाट छिटोभन्दा छिटो फास्ट ट्रयाकमा, एक सुका, एक मोहोर गरेर ब्याजदर तलमाथि गर्ने नभइ यो ब्याजको दर घटाउनुपर्छ। बेस रेटमा लिने प्रिमियर पनि लाखापाखा भएका छन्, ठूलालाई चैन, सानालाई ऐन भएको छ‚’ उनले भने‚ ‘कसैलाई त्यही बेसरेटमा प्रिमियम आधा प्रतिशत हुने, कसैलाई ५/६ प्रतिशत हुने, कसरी उद्योग व्यवसाय फस्टाउँछ। बेस रेटमा लिने प्रिमियम २ प्रतिशतमा ल्याउनुपर्छ, त्यसले नै ब्याजदर घटाउँछ। सरकारले आज गरौँला, भोलि गरौँला भनेर हुँदैन। हामीले दिन गन्दागन्दै मुलुकको अर्थतन्त्र झनै धराशायी हुनसक्छ।’

अध्यक्ष मल्लले यस्तै कारणले अमेरिकाका केही बैंक बन्द भएको उदाहरणसमेत दिए।

‘अमेरिकाका केही बैंकहरु बन्द भए‚ त्यसको कारण के रहेछ भन्दा एक्कासी ब्याजदर बढ्नु नै रहेछ‚’ उनले भने‚ ‘हाम्रोमा पनि त्यसैगरि ब्याजदर बढेको छ, उद्योगी व्यवसायीले तिर्न सकेका छैनन्।’

उनले नेपालमा इटालीको आवासीय दूतावास बन्न नसक्दा दुई देशबीचको व्यापार विस्तार हुन नसकेको बताए। उनले सरकारले दुई देशबीच व्यापार बढाउन इटालीको आवासीय दूतावास नेपालमा खोल्न पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP