Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मौद्रिक नीतिको समीक्षा निजी क्षेत्रले अपेक्षा गरेजस्तो छैन : अध्यक्ष ढकाल

३१ बैशाख, काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन्।

इकोनोमिक मिडिया सोसाइटी नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको दाबी गरे।

उनले चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको बताए। उनले राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकीकरण र पुनः संरचनाको सुविधा दिए पनि ५ करोडमा मात्रै सीमित भएको बताए।

उनले असार मसान्तसम्म बैंकको कर्जामा ५ करोडसम्मको मात्रै पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा पर्याप्त नभएको बताए।

उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझावहरु सम्बोधन नै भएनन् भन्न नमिल्ने पनि बताए।

उनले भने,‘उद्योग वाणिज्य महासंघले वर्तमान अर्थतन्त्रको समस्याबाट कसरी बाहिर निकाल्ने भनेर धेरै सुझावहरु दिएको थियो। त्योमध्ये केही कुराहरु मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा सम्बोधन भएको छ। तर पर्याप्त छैन। सम्बोधन भएका विषयले चुनौतीपूर्ण अर्थतन्त्रको वर्तमान बाहिर निस्कने अवस्था छैन। मौद्रिक नीतिको समीक्षाले विगतको जस्तो एकै पटक कल ब्याक गर्ने रिफाइनान्सिङले अहिलेको समस्याको समाधान गर्दैन। असारसम्म बैंकको कर्जाको किस्ता तिर्न अवधि असारसम्म सार्न माग गरेका थियौं तर ५ करोडसम्मको लागि गरेको छ। यो पर्याप्त छैन। मौद्रिक नीतिको समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन सक्दैन। केही सुझावहरु सम्बोधन भएको छ। महासंघले दिएका सुझावहरु मौद्रिक नीतिको समीक्षामा सम्बोधन गरिएको छैन। त्यो सुझावहरु आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्छ।’

उनले अर्थतन्त्रमा समस्या र चुनौतीहरु धेरै देखिएकाका भन्दै सम्बोधन गर्न मौद्रिक नीति पर्याप्त नभएको दाबी गरे। उनले महासंघले दिइएका सुझावहरु सबै मौद्रिक नीतिको समीक्षामा सम्बोधन नभएको भन्दै सम्बोधन हुन बाँकी सुझावहरु आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्ने माग गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP