
नेपाल आयल निगमलाई एक वर्षपछि ग्यासमा नाफा भएको छ । निगमकाअनुसार अहिले ग्यासमा प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा भएको हो । भारतिय आयल निगम (आइओसी)ले हरेक १५ दिनमा पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार यो पटक प्रतिसिलिन्डर १ सय ६१ रूपैयाँ मूल्य घटेर आएको निगमले जनाएको छ । यस्तै भारतबाट पेट्रोल लिटरमा १४ पैसाले मूल्य घटेर आउँदा डिजल लिटरमा २ दशमलक १६ रूपैयाँले बढेर आएको छ। यस्तै मट्टितेलमा लिटरमा ५ पैसा बढेर आएको निगमले जनाएको छ। भारतले यसअघि पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा १ अर्ब ७५ करोड रूपैयाँ नाफा भएको छ । अहिले निगमलाई पेट्रोल लिटरमा १२ रूपैयाँ र डिजेल लिटरमा १३ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ। अहिले घटेर आएको मुल्य समायोजन नभए निगमलाई आगामी १५ दिनमा १ अर्ब ६० करोड रूपैयाँ नाफा हुने छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया