Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पिएम कप क्रिकेट : कर्णालीले कोशीलाई ६ विकेटले हरायो

काठमाडौँ : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ।

मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज (मंगलवार) भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो।

​यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले ६ खेलपछि ६ अंक जोडेको छ। ७ खेल खेलेको कोशी प्रदेश अहिलेसम्म अंकविहीन छ।

कोशीले प्रस्तुत गरेको १५२ रनको लक्ष्य कर्णालीले २८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

​कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ५० रन बनाए। विपीन शाहीले २८ रन, हिमांशु शाहीले अविजित २४ रन, निश्चल रावलले २१ रन तथा कप्तान रवीन्द्र शाहीले १२ रन बनाए।

कोशीका लागि हेमन्त राईले ३ विकेट लिए भने कमल खत्रीले १ विकेट झारे।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४ ओभर ३ बलमा अलआउट हुँदै १५१ रन बनाएको थियो। उसका लागि सुजन थपलियाले ७३ बलमा ८ चौका र ४ छक्काको मद्दतले ७३ रन बनाए। सौजन घिमिरेले १२ रन तथा आइश भट्टराईले ११ रन बनाए।

कर्णालीका लागि दिनेश अधिकारीले ४ विकेट लिए भने प्रकाश जैसीले ३ र दिवान पुनले २ विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP