Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कर्णालीमाथि फराकिलो जितले आर्मीको फाइनल सम्भावना बलियो

१४ माघ, काठमाडौं। त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १६४ रनको फराकिलो अन्तरले हराएको छ । यस जितले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने आर्मीको सम्भाबना बलियो बनेको छ।

जितको लागि २८० रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा ११५ रनमा अल आउट भयो । कर्णालीका हिमान्शु शाहीले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक १९ रन बनाए ।

कप्तान रविन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावत १२–१२ रनमा आउट भए । विपिन शाही १० बलमा २ चौका र १ छक्कासहित १४ तथा दीवान पुन १४ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भए ।

आर्मीका सोमपाल कामीले ५ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ७ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ६ ओभरमा २ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । साहब आलमको नाममा १ विकेट रह्यो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनाएको थियो। आर्मीको जितमा कप्तान विनोद भण्डारी १३२ बलमा ६ चौका र ३ छक्कासहित १०० रनको अविजित शतकीय इनिङ खेले ।

अलराउन्डर बसिर अहमद ९२ बलमा १२ चौका र १ छक्कासहित ९८ रनमा नट आउट रहेका थिए । प्रकाश जैसीको अन्तिम ओभरको पाँचौं बलमा बसिरको क्याच छाडेका थिए । उनले दुई रन लिन खोजे पनि दोसो रन लिन विनोदले जोखिम लिएनन् ।

अन्तिम बलमा दुई रन बटुल्दै विनोदले शतक पूरा गरेका थिए । विनोद भण्डारीको यो प्रधानमन्त्री कप इतिहासमा तेस्रो शतक हो । उनी प्रधानमन्त्री कपमा तीन शतक हान्ने पहिलो खेलाडी बनेका छन् । उनीपछि पुलिसका दीपेन्द्रसिंह ऐरीले २०२२ मा एकै संस्करणमा दुई शतक हानेका थिए । विनोदको यो सिजनको दोस्रो शतक हो ।

गत हप्ता मधेशसँग ११३ रन बनाएका विनोदले गण्डकीसँग २०२१ मा १११ रन बनाएका थिए । छैटौं विकेटका लागि विनोद र बसिरले १६९ रनको साझेदारी गरे । यो छैटौं विकेटका लागि उच्च साझेदारी हो । २०१९ मा पुलिसका कुशल भुर्तेल र दीलिप नाथले कर्णालीविरुद्ध १३९ रनको साझेदारी गरेका थिए ।

आर्मीको सुरुवात भने त्यति राम्रो हुन सकेको थिएन । तीव्र गतिका बलर प्रकाश जैसीको बलमा ओपनर इमरान शेख पहिलो ओभरको पाँचौं बलमा एज लागेर विकेटकिपर अर्जुन घर्तीबाट ५ रनमा क्याच आउट भए ।

स्पिनर दीपेन्द्र रावतलाई ठूलो सट खेल्ने धुनमा सन्तोष कार्की ११ रनमा आउट भएका थिए । रावतले भीम सार्कीलाई २५ रनमा बोल्ड आउट गरे । उनले ३५ बलमा ३ चौका हाने । विवेक यादव ६ रनमा आउट भएपछि आर्मी १३ ओभरमा ७०–४ को अवस्थामा पुगेको थियो ।

कुशल मल्ल १८ बलमा २ छक्कासहित २१ रनमा आउट भए । त्यसपछि आर्मीलाई बसिर र विनोद भण्डारीले सम्हाल्लेका थिए । कर्णालीका दीपेन्द्र रावतले ९ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले १-१ विकेट लिए ।

आर्मी ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । आर्मीले अव भोली सुदूरपश्चिम र बिहीबार गण्डकीसँग टियुमा खेल्नेछ । शीर्ष दुईमा रहेर फाइनल खेल्द दुबै खेलमा जित आवश्यक छ ।

पुलिस ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । बागमती ९ खेलमा ६ मा हार र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । १० टोली सहभागी लिगको शीर्ष दुई टोली फाइनल खेल्न पाउनेछन् । शीर्ष चार टोली इलिट ट्रफी खेल्न पाउनेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP