Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ


पर्वत : नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै बागलुङका ठगी गरेको अभियोगमा कास्की प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। कास्कीको पोखरा महानगरपालिका– ५ पर्स्याङका २७ वर्षीय घर्मराज थापा पक्राउ परेका हुन्।

थापाले गत शुक्रवार बागलुङ घर भएका १९ वर्षीय एक युवकबाट एक लाख ७० हजार रुपैयाँ लिएर सेनामा भर्ती गरिदिने आश्वासन दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जाननकारी दिए।

थापाले आफू पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको सञ्चालक रहेको र नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेकोले नेपाली सेनामा सजिलै भर्ती भन्दै रकम ठगेको पाइएको छ। रकम ठगी भएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले थापालाई पोखरा महानगरपालिका–५ जिरो किलोमिटरबाट पक्राउ गरेको हो।

थापालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।\

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP