Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

१ लाख ८० हजार ट्रामाडोलसहित ६ जना लागुऔषध कारोबारी पक्राउ


काठमाडौँ : नेपाल प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ (लागुपदार्थ)सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले १ लाख ८० हजार ४३० ट्रामाडोल क्याप्सुलसहित उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

शुक्रवार पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले लागुऔषध कारोबारमा संलग्न गिरोहमध्येका ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

सुरुमा उदयपुर घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ३० वर्षका बहादुर राईलाई बागमती करिडोर सडक किनारबाट ९ सय क्याप्सुलसहित पक्राउ गरिएको थियो। उनको कोठा खानतलासी गर्दा थप ३३ हजार ६ सय क्याप्सुल ट्रामाडोल बरामद भएको आचार्यले बताए।

यस्तै सर्लाहीका विपिनकुमार महतोलाई कागेश्वरी मनोहराबाट ५३ हजार ९०० क्याप्सुल ट्रामाडोल र नित्रजेपाम ट्याब्लेट ८९२ सहित पक्राउ गरिएको उनले जानकारी दिए। पर्वतका बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट ९ हजार क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरिएको हो।

उनले उक्त क्याप्सुल सम्झना रोक्काबाट खरिद गरी बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको छ। उनको कोठामा खानतलासी गर्दा थप ट्रामाडोल क्याप्सुल ८३ हजार तथा नगद २ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ।

उनलाई उक्त लागूऔषध बिक्री गर्ने बाराका ३४ वर्षीय प्रदीप सर्राफलाई पनि काठमाडौँको टोखाबाट र उनीसँग कारोबार गर्ने काठमाडौँको डल्लुका मनमोहन श्रेष्ठलाई पनि पक्राउ गरिएको छ।

उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP