Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

रेडक्रसको नवनिर्मित भवन प्रदर्शनीमार्गबाट सेवा सुरु

काठमाडौं : प्रदर्शनीमार्गमा बनेको नवनिर्मित भवनबाट नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा शुरु भएको छ।

२०७२ सालमा गएको महाभूकम्पले रक्त सञ्चार भवनमा क्षति पुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवन सेवा प्रदान गर्न सुरु गरेको हो।

नेपाल रेडक्रसका निर्देशक पवनकुमार गुप्ताका अनुसार भूकम्पबाट भवन क्षति भएपछि टेण्टमा बसेर सेवा गरेपश्चात् बालकुमारीमा अस्थायी रुपमा सेवा दिएको बताए। उनले त्यहाँ पनि ठाउँ नपुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएकोमा अहिले भूकम्पबाट क्षति भएको भवन नयाँ बनेसँगै नयाँ भवनबाट सेवा शुरु गरिएको बताए।

उनले अहिले रक्त सञ्चार सम्बन्धी सम्पूर्ण गतिविधिहरु प्रदर्शनीमार्गमा बनेको नयाँ भवनबाट भइरहेको बताए। उनले प्रदर्शनीमार्गमा रेडक्रस आउँदा सेवाग्राहीको लागि सुविधा र पायक पर्ने स्थान भएको बताए।

उनले नयाँ भवनमा सेवा सरेसँगै सरकारले तोकेको मापदण्डमा काम गर्न सकिने अवस्था रहेको बताए। सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउँदा सहज भइरहेको उल्लेख गरे।

नेपाल रेडक्रसले नेपालमा पहिलोपटक २०२३ साल साउन १२ गते काठमाडौंमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा शुरु गरेको सेवा अहिले मापदण्ड पूरा गरेर सेवा दिने अवस्थामा आइपुगेको निर्देशक गुप्ताले बताए।

उनले प्रदर्शनी मार्गमा सेवा शुरु भएसँगै रक्त संकलनमा समेत वृद्धि भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP