
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला ४ दिनयता सुन लगातार घटेको हो।
पुस २ गते तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य घट्दै शुक्रबार १ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।
बिहीबारको तुलनामा भने सुन तोलामा ५०० रुपैयाँ घटेको छ। बिहीबार १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघले शुक्रबार चाँदी तोलामा १ हजार ७६० रुपैयाँ तोकेको छ। बिहीबार १ हजार ७८० रुपैयाँ थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया