Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

स्वास्थ्य बिमालाई व्यवस्थित बनाउँछौँ : मन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बिमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराए पनि व्यवस्थित नरहेको बताएका छन्।

शुक्रवार मन्त्रालयमा स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिए पनि आवश्यकतानुसार नभएको बताए।

उनले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बिमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताए। उनले लक्षित समूहले पूर्ण रूपमा लाभ लिने गरी स्वास्थ्य बिमा अघि बढाउन जरुरी रहेको बताए। स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताए। नेपालको बिमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेण्ट प्राप्त भएको उल्लेख गर्दै सबै क्षेत्र समेटिने विषय प्रतिवेदनमा रहेको विश्वास व्यक्त गरे।

स्वास्थ्यमन्त्री पौडेलले भने, ‘खासगरी वर्तमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्यक्षेत्रमा केही राहत, सुविधा उपलब्ध गराएको छ। यो आवश्यकतानुसारको छैन। व्यवस्थित छैन। यो लक्षित समूहले पूर्ण लाभ लिने गरी यो अघि बढ्न सकेको छैन।’

मन्त्री पौडेलले स्वास्थ्य बिमा पाँच लाख पुर्‍याउँदा कसरी स्रोत सुनिश्चितता गर्ने भन्ने प्रतिवेदनमा समेटिएको विश्वास व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP