
नेपालको एकमात्र सरकारी बाल अस्पताल कान्ति बाल अस्पतालले एक वर्षमा २ लाखभन्दा बढी बालबालिकाको स्वास्थ्य उपचार गरेको छ।
अस्पतालको ६२औँ वार्षिकोत्सवका अवसरमा अस्पतालमा आयोजित एक कार्यक्रममा निर्देशक डा पंकज रायले गत आव ०८०/८१ मा २ लाख ४ हजार २९९ जनाले अस्पतालबाट स्वास्थ्य उपचार गराएको जानकारी दिए। जसमध्ये ५१ हजार ८८६ जना विरामीले इमर्जेन्सीमा सेवा लिएका छन्।
यसैगरी, भर्ना भएर सेवा लिने विरामीको संख्या ९ हजार ६८५ जना रहेका छन्। अस्पतालले एक वर्षमा ३ हजार २७६ जनाको शल्यक्रिया गरेको छ।
तीमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ। १ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २७८ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले डाइग्नोष्टिक सेवाअन्तर्गत ५ लाख ३७ हजार ४३९ जनालाई लेबोरेटरी सेवा, ५१ जनाको इन्डोस्कोपी, ११ जनाको कोलोनोस्कोपी, ९९ ब्रोँकोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्सरे, २५ हजार ३५३ यूएसजी र १ हजार ४७ ईईजी सेवा दिएको छ। अस्पतालले आर्थिक वर्षभरि ५ करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँको निःशुल्क सेवा दिएको डा. रायले जानकारी दिए।
तर देशभरबाटै रिफरल विरामीको चाप हुने एकमात्र संघीय सरकारी बाल अस्पतालमा भौतिक संरचना अपुग हुँदा लक्ष्यअनुसारको सेवा दिन नसकेको निर्देशक डा रायको भनाइ छ।
अस्पतालका निर्देशक डा. पंकज रायकाअनुसार अस्पतालले अहिले भौतिक पूर्वाधार अपुगदेखि, जनशक्ति र बजेट अभावसम्मका समस्या कारण अस्पतालले विरामीको चापअनुसारको सेवा दिन नसकेको बताएका हुन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया