Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका-१० का २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-११ का ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका-५ का ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट र प्रभालाई ललितपुर महानगरपालिका-१० बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु छ लाख ४५ हजार, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु सात लाख ५० हजार र प्रभाले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु सात लाख आठ हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP