
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधि खर्च थोरै हुने स्थिति बनाउन जरुरी रहेको बताएका छन्।
सोमवार कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले औषधिमा नेपालीको खर्च थोरै हुने स्थिति निर्माण गर्ने कोशिस गरिरहेको दावी गरे।
उनले कान्ति बाल अस्पतालका लागि अघिल्लो वर्ष झन्डै ८०/८१ करोड बजेट छुट्याइएको तर ईआईए हुन नसकेर प्रक्रिया अघि बढ्न नसकेको भए पनि अब छिटै काम अघि बढ्ने बताए। उनले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्नेगरी सरकारले काम गरिरहेको बताए।
‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोशिस गरिरहेका छौँ। अघिल्लो वर्ष झन्डै ८०/८१ करोडको बजेट यहाँ परेको छ‚’ उनले भने, ‘अब ईआईए हुन नसकेर त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन‚ त्यो छिटो अघि बढाउनेछौँ। सातै प्रदेशमा बाल उपचारलाई विस्तार गर्ने नेतृत्वदायी भुमिका गर्ने इन्स्टिच्युसनका रुपमा यसलाई विकास गर्नुपर्छ।’
मन्त्री पौडेलले कान्ति अस्पतालमै काम गर्ने चिकित्सकका कारण अस्पताल परिवर्तन हुन आवश्यक रहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया