Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी

काठमाडौँ : विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्नेबारे तयारी थालेको छ।

बोर्डले टेलिभिजनहरुको भ्युअरशिप निकाल्ने र सोही आधारमा टेलिभिजनहरुमा विज्ञापन दिनेगरी तयारी थालेको हो। नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्यांक निकाल्न सकिएको छैन।

टेलिभिजनको टिआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तरराष्ट्रिय अभ्यास शुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए।

टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईंले बताए।

‘नेपालमा टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिराखेका छन्? कुन टेलिभिजन कति लोकप्रिय छ? र टेलिभिजनभित्रको पनि कुन कार्यक्रम कति लोकप्रिय छ? अहिलेसम्म हामीले डाटा निकाल्न सकेका छैनौँ‚’ उनले भने, ‘संसारभरि टेलिभिजनहरुको भ्युअरशिप निकाल्ने तथा टेलिभिजन रेटिङ पोइन्ट (टिआरपी) निकाल्ने गरिन्छ। त्यसैले हामीले नेपालमा पनि टेलिभिजनहरुको रेटिङ निकाल्नुपर्छ भनेर हामीले छलफल चलाएका हौँ। सम्भवतः यो छलफलले मद्दत पुग्छ भन्ने हामीले विश्वास लिएका छौँ।’

यस छलफलले टेलिजिनहरुको टिआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उनको विश्वास छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP