Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

वयष्कमा २५ प्रतिशत र बालबालिकामा करिब ५० प्रतिशतले घट्यो कुष्ठरोग लाग्ने दर

काठमाडौँ : नेपालमा सन् २०१९ को तुलनामा सन् २०२४ मा नयाँ विरामीको संख्यामा वयष्कमा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा करिब ५० प्रतिशतले घटेको पाइएको छ।

आज ७२ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा विश्व स्वास्थ्य संगठन नेपालले जारी गरेको एक विवरणमा सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याको रूपमा निवारण गरिएको घोषणा भएयता यसको संक्रमण पूर्णरूपमा रोक्न सकिएको छैन। हाल पनि ७७ जिल्लामध्ये १८ जिल्ला अझै उच्च जोखिममा छन्।

नयाँ विरामीको संख्या हरेक वर्ष लगातार बढिरहेको छ तर लगातार पाँच वर्षदेखि ७० प्रतिशतभन्दा धेरै स्थानीय तहले बालबालिकामा कुष्ठरोगको संक्रमण शून्य रहेको समेत देखिएको छ।

नेपालले कुष्ठरोगबाट प्रभावित व्यक्तिविरुद्ध हुने लाञ्छना र विभेद अन्त्यका लागि २० औँ ग्लोबल अपील २०२५ लाई अंगीकार गरी कुष्ठरोगसँग सम्बन्धित लाञ्छना र विभेद अन्त्य गर्ने आफ्नो प्रतिबद्धता जाहेर गरेको छ।

सासाकावा फाउन्डेशनले नेतृत्व प्रदान गरेको यस ग्लोबल अपीलले कुष्ठरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्या पनि रहेको औँल्याएको छ।

यस वर्षको मूल नारा ‘Unite. Act. Eliminate’ ले हामी सबै – नेतृत्व वर्ग, स्वास्थ्यकर्मीहरू, समुदाय र साझेदारहरूलाई कुष्ठरोग निवारण गर्न र हात्तीपाइले, कालाजार, डेंगी जस्ता उपेक्षित उष्णप्रदेशीय रोगहरूको सम्बोधनमा सहकार्य गर्न आह्वान गरेको छ।

नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो। (प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ।) तर अझै पनि देशका १४ वटा जिल्ला कुष्ठरोगका विरामी भेटिन्छन्।

झापा, मोरङ, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, बाँके‚ कैलाली जिल्ला रहेका छन्। यी जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा बढी कुष्ठरोगका बिरामी देखिएको सरकारी तथ्यांकले देखाउँछ।

सरकारले सन् २०१० मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिसकेको छ भने सन् २०३० सम्म नेपालबाट कुष्ठरोग उन्मूलन घोषणा गर्दै छ।

तर पछिल्ला वर्षहरूमा नेपालमा यसमा विरामी भेटिने गर्दा सन् २०३० सम्म कुष्ठरोग उन्मूलन घोषणा गर्ने सरकारी लक्ष्य नै असफल हुने हो कि भन्ने देखिन थालेको छ।

तर महाशाखाका कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा. प्रसन्न नापित भने शंकास्पद विरामीमा परीक्षणको दर बढ्दै जाँदा नयाँ संक्रमित थपिदै गएको बताउँछन्।

किन कुष्ठरोग निवारण भइसकेको यतिका वर्षसम्म पनि संक्रमित कुष्ठरोगका विरामी घट्दै जानुभन्दा झन् बढ्दै भएका छन् त? भन्ने प्रश्नमा डा. नापितले भने‚ ‘प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा बढीमा कुष्ठरोगका विरामी भेटिए हामीले त्यस जिल्लालाई हाल प्रभावित जिल्ला भनेर सोही अनुरूप सम्भावित विरामी खोज्नका लागि परीक्षणको दायरा बढाउँछौँ। यसअघि धेरै जिल्लामा १० हजार जनसंख्यामा एकजना पनि विरामी नभेटिएपछि निवारणको घोषणा गर्दै गएका हौँ।’

यस्तै सन् २०३० सम्म प्रति एक लाख विरामीको परीक्षणमा शून्य संक्रमित बनाएर उन्मूलन घोषणा गर्ने लक्ष्य रहेको अवस्थामा बालबालिकामा पनि संक्रमण देखिन थालेको हुनाले चुनौती थपिदै गएको हुँदा परीक्षणको दायरा बढाउने लक्ष्य रहेको समेत डा. नापितले बताए।

‘केही जिल्लामा कुष्ठरोगको फैलावट अझै पनि छ, बालबालिका पनि संक्रमित भएको विवरण आएको छ जसले गर्दा संक्रमणको फैलावट छ भन्ने बुझिन्छ। त्यसैले हामीले शंकास्पद स्थानमा परीक्षणको दायरा बढाएका छौँ र सन् २०३० सम्म नेपालबाट कुष्ठरोग उन्मूलन नै गर्ने लक्ष्य लिएका छौँ’‚ डा. नापितले भने।

सरकारले भनेकै समयमा कुष्ठरोग उन्मूलन गर्न भन्दै गत दुई वर्षअघि नै राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८-२०८२) सार्वजनिक गरिसकेको छ।

नेपालमा अब सन् २०३० सम्म कुष्ठरोगमुक्त गर्ने सरकारी लक्ष्य राखिएको छ।

समयमै उपचार गरे पूर्ण निको हुने यो रोगलाई समयमै पहिचान गरेर उपचार गरिएन भने अपांगता हुन्छ। परीक्षण गरेर चिकित्सकको निगरानीमा ६ महिनादेखि १२ महिनासम्म नियमित औषधि सेवन गरे यो रोग पूर्ण निको हुन्छ। हरेक वर्ष विश्वमा २ लाख कुष्ठरोगका विरामी भेटिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन​शाखाको विवरण हेर्ने हो भने २०७८।७९ मा २२ सय ८५ विरामी भेटिएको आब ०७९।८० २ हजार ५२२ जना कुष्ठरोगका विरामी भेटिएका छन्।

यता विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले पनि कुष्ठरोगका विरामीलाई निरन्तर लाञ्छना र विभेदले संक्रमित व्यक्तिहरूलाई प्रभाव पार्ने मात्र नभई निदान र उपचारका प्रयासहरूमा अवरोध सृजना गर्छ। यसलाई समाधान गर्न, जनचेतना बढाउने, आमजनतालाई शिक्षा दिने र समावेशी नीतिहरू कार्यान्वयन गर्न आवश्यक रहेको बताउँछन्।

‘कुष्ठरोगका विरामीलाई निरन्तर लाञ्छना र विभेदले संक्रमित व्यक्तिहरूलाई प्रभाव पार्ने मात्र नभई निदान र उपचारका प्रयासमा अवरोध सृजना गर्छ। हामीले यसलाई समाधान गर्न, जनचेतना बढाउने, आम जनतालाई शिक्षा दिने र समावेशी नीतिहरू कार्यान्वयन गर्न आवश्यक छ’‚ डा पाण्डवले भनेका छन्।

कुष्ठरोगबारे गलत धारणाले डर र सामाजिक बहिष्कारलाई बढावा दिन्छ र उपचार खोज्नमा ढिलाइ गराउँछ र संक्रमणको चक्रलाई अझ बढाउने हुँदा यसलाई अन्त्य गर्नुपर्ने उनको भनाइछ।

के हो कुष्ठरोग?

आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रोसी नामक सूक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग कुष्ठरोग। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा कुष्ठरोगको जीवाणु शरीरमा प्रवेश गरेको २ देखि ५ वर्षपछि मात्रै व्यक्तिमा कुष्ठरोगको लक्षण देखिन सक्छ। खासगरी यस रोगमा स्नायु र छाला प्रभावित हुन्छ।

शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखापर्नु कुष्ठरोगका लक्षण हुन्। यसबाहेक अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्न हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ।

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा यो रोग एकबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बढी हुन्छ। यस्तै संक्रमणले धेरै लक्षण देखिएका र उपचार नगरिएका विरामीको​ फाटेको छालाबाट निस्केको पानीको सम्पर्कमा आउँदा पनि यो रोग सर्ने सम्भावना हुन्छ। खतरनाक कुरा के छ भने यो रोग लगाउने किटाणु माइक्रोब्याक्टेरियम लेप्रोसी कम तापक्रममा धेरै दिनसम्म पनि बाँच्न सक्छ।

समयमै उपचार गरेर कुष्ठरोग पूर्ण निको हुन्छ। नेपालमा भने कुष्ठरोगको पहिचानको लागि परीक्षण र औषधि सरकारले सबै सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क वितरण गर्दै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP