काठमाडौँ : पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्वसुरक्षाकर्मीले गर्नुपर्ने बताएका छन्।
शनिवार काठमाडौँमा पूर्व सुरक्षाकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशलाई समृद्ध र सुनौलो नबनाएसम्म पूर्वसुरक्षाकर्मीलाई चैन नहुने बताए। उनले समृद्ध देश नबनाएसम्म आफूहरू शान्त भएर बस्न नसक्ने बताए।
उनले देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन हरेकले आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए। राजनीतिक शुद्धता नभईकन देशले काँचुली नफेर्ने उनको बुझाइ छ।
खनालले भने, ‘यो देशलाई सुनौलो र समृद्ध नबनाउँदासम्म हामी शान्त रूपमा बस्न सक्दैनौँ। नेपाल आमा रोइरहँदा बाहिर गएर हाँसेर बस्नसक्ने अवस्था छैन। यो देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन सक्नुपर्छ। अब राजनीति शुद्धता नभईकन देशले काँचुली फेर्दैन।’
पूर्वप्रहरी महानिरीक्षक खनालले देशलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया