Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

अध्यादेश कार्यान्वयन भए बेरोजगारी घट्छ : अध्यक्ष ढकाल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेश कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताएका छन्।

शनिवार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले बाध्यतावश विदेशिनुपरेको यथार्थ हटाउन स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताए।

उनले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको बताए। उनले अध्यादेशमार्फत परिवर्तन भएका कानूनको सही कार्यान्वयन जरुरी रहेको बताए।

ढकालले भने, ‘एउटा बाध्यताले हामी बाहिर जानुपरेको छ। साधारण तरिकाबाट त्यो रोक्नसक्ने अवस्था छैन। त्यसका लागि हामीले नेपालमै अवसर दिनुपर्छ। त्यसो हुनसके मात्रै बाहिर विवश भएर जान रोकिन्छ। हालै नेपाल सरकारले अध्यादेशमार्फत कानून ल्याएको छ। त्यो निजी क्षेत्रले स्वागत गरेको छ। अध्यादेशमार्फत परिवर्तन भएका कानूनको स्प्रिटअनुसार नियमावली, कार्यविधि र कार्यान्वयन हुनसके बेरोजगार घटाउने, आर्थिक समृद्धि बढाउने, विदेश जानलाई बाध्य हुनुपर्ने महसुस गरेका छौँ, त्यो अन्त्य गर्न सकिन्छ।’

अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूलो आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यले आफूहरू अघि बढेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP