Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सरकारले जनताको पक्षमा काम गरिरहेको छ : सांसद बिसी

काठमाडौं : राष्ट्रिय सभामा नेकपा एमोलकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गरेकी छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकार जनताको पक्षमा काम गरिरहेको बताएकी हुन्।

उनले अध्यादेशका बारेमा धेरै कुराहरु उठेको उल्लेख गर्दै सरकारले संसद शुरु हुनु पहिला वा संसदको अन्त्य हुनेबित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताइन्। उनले सरकारले आवश्यक परेको समयमा अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानले दिएको बताइन्। सरकारले शोषित र पीडित जनताको पक्षमा काम गर्ने उनको भनाइ छ।

उनले भनिन्, ‘अध्यादेशका बारेमा धेरै कुराहरु उठे। शुरुवातमा ल्याउने की अन्तिम भइसकेपछि ल्याउने भन्नेकुराहरु उठ्यो। यो संविधानको ११४ को धाराअनुसार संविधानले सरकारले अध्यादेश ल्याउन पाउने अधिकार दिएको छ। त्यो अधिकारलाई प्रयोग गरेर सरकारले आवश्यकता अनुसार ल्याएको अध्यादेशलाई जनताको पक्षमा हुनेछ। यसका बारेमा शंका नगर्न आग्रह गदछु। शहीदको बलिदानबाट आएको सरकार हो यो। यसले शोषित र पीडित जनताको पक्षमा काम गर्नेछ। यो सरकारप्रति शंका नगर्न आग्रह गर्दछु।’

उनले विधेयक वा अध्यादेशबाट बनाइएका कानूनहरु जनताको पक्षमा हुनुपर्ने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP