Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

सरकारले जनताको पक्षमा काम गरिरहेको छ : सांसद बिसी

काठमाडौं : राष्ट्रिय सभामा नेकपा एमोलकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गरेकी छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकार जनताको पक्षमा काम गरिरहेको बताएकी हुन्।

उनले अध्यादेशका बारेमा धेरै कुराहरु उठेको उल्लेख गर्दै सरकारले संसद शुरु हुनु पहिला वा संसदको अन्त्य हुनेबित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताइन्। उनले सरकारले आवश्यक परेको समयमा अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानले दिएको बताइन्। सरकारले शोषित र पीडित जनताको पक्षमा काम गर्ने उनको भनाइ छ।

उनले भनिन्, ‘अध्यादेशका बारेमा धेरै कुराहरु उठे। शुरुवातमा ल्याउने की अन्तिम भइसकेपछि ल्याउने भन्नेकुराहरु उठ्यो। यो संविधानको ११४ को धाराअनुसार संविधानले सरकारले अध्यादेश ल्याउन पाउने अधिकार दिएको छ। त्यो अधिकारलाई प्रयोग गरेर सरकारले आवश्यकता अनुसार ल्याएको अध्यादेशलाई जनताको पक्षमा हुनेछ। यसका बारेमा शंका नगर्न आग्रह गदछु। शहीदको बलिदानबाट आएको सरकार हो यो। यसले शोषित र पीडित जनताको पक्षमा काम गर्नेछ। यो सरकारप्रति शंका नगर्न आग्रह गर्दछु।’

उनले विधेयक वा अध्यादेशबाट बनाइएका कानूनहरु जनताको पक्षमा हुनुपर्ने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP