क्यान्सर निवारणका लागि धेरै काम गर्न बाँकी छ : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताए।

‘क्यान्सर निवारणका लागि धेरै काम गर्न बाँकी छ। उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी छ’, उनले भने, ‘पाठेघरको क्यान्सरबाट मेरो आमाहरू, मेरो दिदीहरु, मेरो समकक्षी साथी थुप्रैको मृत्यु भएको छ। दिनमा चार जनाको मृत्यु हुने तथ्याङ्क हामीसँग उपलब्ध छ। यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्‍याउन सबैलै पहल गर्न जरुरी छ।’

मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि स्रोत साधन कम रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP