Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

आन्दोलनमा ‘शिक्षक महासंघ, संगठन र कर्मचारी’ को एकता : के-के छन् परिमार्जित कार्यक्रम ?

काठमाडौँ : नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल विद्यालय कर्मचारी परिषद एक भएर सडक आन्दोलनमा उभिने भएका छन्।हिजो(मंगलवार) नेपाल शिक्षक महासंघको मूल वार्ता समिति र नेकपानिकट नेपाल राष्ट्रिय शिक्षक संगठन र परिषदको वार्ता समितिबीच बसेको छलफलमा ७ बुँदामा सहमति गरेका छन्।

सातबुँदे सहमति भएसँगै शिक्षक महासङ्घ र शिक्षक संगठनको विवाद पनि टुंगिएकाे छ। शिक्षक संगठनले महासंघबाट सुरू भएको आन्दोलनमा सहभागी नहुने भन्दै केही दिनअघि विज्ञप्ति जारी गरेको थियो। तर अब भने सहमतिपछि आन्दोलनमा पनि सहभागी हुने भएकाे छ।

‘शिक्षक महासंघको २०८१ वैशाख १० गते सम्पन्न दोस्रो महाधिवेशनबारे नेपाल राष्ट्रिय शिक्षक संगठनले राखेका असहमतिका बुँदाहरूमा वार्ता समितिबीच भएको गम्भीर छलफलपश्चात् सहमतिपूर्वक महासंघको भूमिकालाई सशक्त बनाउन सात (७) बुँदे सहमति कायम गर्दै आगामी दिनमा नेपालको सार्वजनिक शिक्षाको आमूल सुधार र विद्यालय पेशाकर्मीहरूकाे हकहित संरक्षणमा एकताबद्ध भई अग्रणी भूमिकामा रहनु अपरिहार्यता महसुस गरियो,’ महासंघ, शिक्षक संगठन र कर्मचारी परिषदका अध्यक्षहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको पूर्णतासहितको घोषणा सभा आगामी फागुन ५ गते महासंघमा आबद्ध/सम्बद्ध पेशागत संस्थाहरूका प्रतिनिधिहरूसहितको वृहत् उपस्थितिमा विगतको आन्दोलनको समीक्षासहित घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ।

कस्तो छ परिमार्जित आन्दोलनको कार्यक्रम

ती संगठनहरूले चरणबद्ध आन्दोलन कार्यक्रम पनि परिमार्जन गरेका छन्। जसअनुसार अब विद्यालय कर्मचारी, शिक्षक संगठन र शिक्षक महासंघले फागुन ६ गते मंगलवार दिउँसो १ बजे माग सम्बोधन हुनेगरी ‘यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारासहित हातमा कालो पट्टी बाँधी खबरदारी जुलुससहित सबै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने छन्।

आन्दोलन परिचालन समिति पनि गठन गर्ने छन्। फागुन ८ गते हरेक विद्यालयमा अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख छ।

‘जिल्ला र प्रदेशस्तरीय कार्यक्रमको हकमा फागुन ९ गते ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा र सातवटै प्रदेशका मुख्यमन्त्री/सामाजिक विकासमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने र कालो पट्टीसहित वृहत् जुलुस सभा गर्ने र आन्दोलन परिचालन समिति गठन गर्ने,’ जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

बाँकी आन्दोलनका कार्यक्रमका फागुन ५ गते हुने पूर्ण घोषणा सभाबाट सार्वजनिक हुने जनाइएको छ। नेपाल शिक्षक महासंघले गत बिहीवार पत्रकार सम्मेलन गरेर मागविपरीत सरकारले काम गरिरहेको भन्दै दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

जसमा माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापनबीच अन्तरक्रिया आयोजना गर्ने उल्लेख थियो।

फागुन २ गते देशका ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र ध्यानाकर्षण पत्र बुझाएपछि कालोपट्टीसहित जुलुस प्रदर्शन तथा विरोध सभा गर्ने कार्यक्रम थियो।

फागुन १७ गते शनिवार काठमाडौँमा कालो पट्टीसहित वृहत् जुलुस प्रदर्शन तथा खबरदारी गर्नेलगायत चरणबद्ध आन्दोलन कार्यक्रम सार्वजनिक गरेको थियो।

‘महासंघमा एकता भएको छ, आन्दोलन अझ सशक्त हुन्छ’

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सहमति भएसँगै नेपाल शिक्षक महासंघमा एकता भएको बताए।

उनले नेपाल शिक्षक महासंघको मूल वार्ता समिति र ने.रा.शि.संगठनको वार्ता समितिबीच वार्ता भई ७ बुँदामा सहमति भएसँगै महासंघमा रहेको राष्ट्रिय महाधिवेशनसम्बन्धी विवाद निरूपण भएको जानकारी दिए।

‘सहमतिअनुसार फागुन ५ गते महासंघको वृहत् भेला गरी महासंघ राष्ट्रिय समितिको पूर्णताको घोषणा गरिनेछ,’ उनले भने, ‘फागुन ५ गतेको कार्यक्रम व्यवस्थापनको लागि सार्वजनिक भएका आन्दोलनमा कार्यक्रममा केही परिमार्जन गरिएको छ, अब आन्दोलन झन् थप सशक्त बन्नेछ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP