Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक ३२औँ कलेजो प्रत्यारोपण

काठमाडौं : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३२ औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। कलेजो प्रत्यारोपण गरिएका बिरामी सकुशल भई डिस्चार्ज भइसकेको समेत प्रत्यारोपण केन्द्रले जनाएको छ।

केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले माघ १५ गते गरिएको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै अंगदाता र ग्रहणकर्ता दुवै सकुशल डिस्चार्ज भएको बताए।

ललितपुरको गोदावरी नगरपालिकाका ५६ वर्षीय श्रीमानलाई उनकी ४१ वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिइन्। अंगदाता सातौँ दिनमा र ग्रहणकर्ता नवौँ दिनमा डिस्चार्ज भएका हुन्।

शल्यचिकित्सक डा. श्रेष्ठको नेतृत्वमा भएको उक्त प्रत्यारोपणमा डा.रोशन घिमिरे, डा. आरती राईको एनेशथेसिया तथा क्रिटिकल केयर टोली, डा. बादल महर्जन, नर्सिङ निर्देशक पूजा कोइराला नेतृत्वको नर्सिङ टोली,सरु कोजुको ट्रान्सप्लान्ट कोर्डिनेटर तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीहरू संलग्न थिए।

देशमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले संसारकै सबैभन्दा न्यूनतम शुल्क २० लाखमा प्रत्यारोपण सेवा दिँदै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP