Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

आज र भोली भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाइने

काठमाडौँ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आज र भोलीबालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइने भएको छ । स्वास्थ्य मन्त्रालयले १ बर्षदेखि ५ बर्षमूनीका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको जनाएको छ ।

त्यसैगरी ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई आजै बालभिटा पनि खुवाइने भएको छ । भिटामिन ‘ए’ ले बालबालिकालाई रतन्धो हुनबाट बचाउने, जुकाको औषधिले बच्चाको पेटमा भएका जुकालाई मारेर रक्तअल्पता हुन नदिने र बालभिटाले बच्चालाई कुपोषणबाट हुनबाट बचाउनुका साथै पोषणस्थिती सुधार गर्ने चिकित्सकहरुले बताएका छन् ।

खोप कार्यक्रम सामाजिक दुरी कायम गर्दै सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । गत बैशाख ६ र ७ गते सञ्चालन हुने यो कार्यक्रम कोरोना महामारीका कारण सरेर आज र भोली खुवाउन लागिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP