Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

अराजक तत्वुको प्रतिवाद गर्न दाहालको अपिल

काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अराजक तत्वको प्रतिवाद गर्न पार्टीका युवा तथा विद्यार्थी वर्गमा अपिल गरेका छन् ।

तत्कालिन माओवादीका नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले हजारौंको बलिदानबाट ल्याएको परिवर्तन, शहिदले देखेको सपना पूरा गर्नका लागि साझा संकल्पको खाँचो रहेको बताए ।

‘अराजक तत्व’हरुले जनतामा भ्रम सिर्जना गर्ने काम गर्न थालेको जिकिर गर्दै दाहालले त्यसको प्रतिवाद गर्न युवा तथा विद्यार्थीहरुलाई विशेष अपिल गरेका हुन् । उनले भने, ‘म तमाम युवा सार्थीहरुलाई, विद्यार्थीहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु, केही त्यस्ता अराजक तत्वहरुले जनतामा भ्रम सिर्जना गर्ने र हत्केलाले सूर्य छेक्न खोज्याजस्तो गरीकन दुस्साहस गर्नेहरुप्रति सतर्क रहन र त्यसको प्रतिवाद गर्न पनि म विशेष रुपले अपिल गर्न चाहन्छु ।’

झण्डै सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि ‘कलिलो’ नै रहेको उल्लेख गर्दै दाहालले यसका विरोधीले यसलाई कलिलोमै निमोठ्न सकिन्छ कि भनेर प्रयास गरिरहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा समाजवादतर्फ अगाडि बढिरहेको यो ‘सिस्टम’ लाई कलिलो मै मास्नका लागि भ्रम, अराजकता, आतंकको वातावरण बनाउन प्रयासहरु हुन थालेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले समाजवादको आधार तयार पार्न वैचारिक स्पष्टता, समर्पित, अनुशासित पार्टी संगठन र सुदृढिकरणको आवश्यकता औंल्याए । उनले कम्युनिष्ट पार्टी जनताको पार्टी भएकाले जनचाहना अनुसारको काम गर्नु पर्ने भन्दै पार्टी संगठनमा जुट्न निर्देशन पनि दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP